सरकार अझै हामी जिउँदै छौ


सरकार!
अझै हामी जिउँदै छौ,
धर्ती आकाश र सुर्य रहेसम्म
आफुलाई बिर्सेर पनि,
देशलाई सम्झिरहने छौ
भ्रष्टाचारी होइन अब शिष्टाचारि बन
आफ्नो कर्तव्य पालनमा तिमी नचुक,
देशको अभिमान
अनि स्वाभिमानमा तिमी नझुक
हिमाल हसाउ,
पहाड बनाउ,
तराइ फलाउ
भत्किएका पुल बाटाहरु
रोक्किएका कारखाना चलाउ
हामी तिम्रो साथमा छौ
तिम्रा विस्वासमा साहस थप्ने छौ,
सरकार अझै हामी जिउँदै छौ।।
कलम उठाउने हातहरुले
तरवार उठाउन नपरोस
देश बोक्ने काधहरुले,
बन्दुक बोक्न नपरोस
उद्योग धन्दा थपियोस,
निमुखालाइ न्याय दिइयोस
बेरोजगारलाइ रोजगार
औषधि उपचार शुलभ बनाइयोस
अकालमा कसैको ज्यान नजाओस
हत्याहिंसा र बलात्कारीलाई
कडा भन्दा कडा सजाय दिइयोस
सरकार अझै पनि सुध्रिने ठाँउ छ,
आफुलाइ सुधारियोस,
हाम्रो सीप र श्रमले देश सिन्चाइयोस।।
सरकार! अझै हामी जिउदै छौ
सिमा, धर्ती, नदिनाला,
प्राकृतिकलाई जोगाउ
महंगी घटाउ
जनता तिम्रै हुन सबैलाई बचाउ
आफ्नो मात्र पेट होइन
जनता भर
गाडी मात्र थाप्ने होइन
बाटो पुल थप
घर मात्र होइन
उद्योग धन्दा थप
स्कुल कलेज मात्रै होइन
गुणस्तरिय शिक्षा दिन सक,
रेमिटेन्सले मात्र देश चलाउने होइन
आफनै देशमा काम शृजना गर
सरकार जनताका लागी केहि गर
हाम्रो सीप र श्रमले मुलुक सिन्चाउ।।

प्रतिक्रिया

सम्बन्धित सामाग्री