लण्डन। कोभिड-१९ बाट पीडित बेलायतवासी नेपालीहरुलाई पुर्याएको सहयोगप्रति नेपाली राजदूतावास लण्डनले धन्यबाद दिएको छ । बेलायतस्थित नेपाली राजदूतावास लन्डनले शुक्रबार विज्ञप्ति जारी गरी सहयोगका लागि विशेष योगदान गर्ने सवै संघसस्थाहरुलाई एकै पटक धन्यवाद दिएको हो ।
विज्ञप्तीमा ‘एनआरएनए यूके आयरल्याण्ड र माल्टा, राजदूतावासबाट वेलायत, आयरल्याण्ड र माल्टामा गठित कोरोना प्रकोप सम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति र मर्जिङ नेपसक्स लगायत सबै संघसंस्था र समाज एवं समाजसेवी र स्वयंसेवकहरुलाई धन्यबाद ज्ञापन’ गरेको हो।
ति संघसंस्था र ब्यक्तिहरुले कोरोना संक्रमणबाट पीडित बेलायत, आयरल्याण्ड र माल्टामा रहेका विद्यार्थी र वृद्धवृद्धा लगायत सम्पूर्ण नेपालीहरुलाई विभिन्न संघसंस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरेका थिए । बेलायत सरकारका सम्बन्धित निकायहरु, स्थानीय काउन्सिलहरु र गोरखा वेलफेयर ट्रस्टलगायतका निकायहरु एवं आयरल्याण्ड र माल्टा सरकारका सम्बन्धित निकायहरुको योगदानलाई दूतावासले उच्च प्रसंसा गरेको छ ।
बेलायतमा भ्रमणका क्रममा कोरोना संक्रमणका कारण रोकिएका नेपालीहरुलाई जजिराका दुईवटा चार्टर फ्लाइटबाट नेपाल पठाइएको थियो । नेपाली राजदूतावास लन्डन पहलमा जजिरा एअरलाइन्सको उडानबाट प्राथमिकताका आधारमा २ सय २९ जना नेपालीलाई स्वदेश फ़र्काइएको थियो ।
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस