लण्डन। कोभिड-१९ बाट पीडित बेलायतवासी नेपालीहरुलाई पुर्याएको सहयोगप्रति नेपाली राजदूतावास लण्डनले धन्यबाद दिएको छ । बेलायतस्थित नेपाली राजदूतावास लन्डनले शुक्रबार विज्ञप्ति जारी गरी सहयोगका लागि विशेष योगदान गर्ने सवै संघसस्थाहरुलाई एकै पटक धन्यवाद दिएको हो ।
विज्ञप्तीमा ‘एनआरएनए यूके आयरल्याण्ड र माल्टा, राजदूतावासबाट वेलायत, आयरल्याण्ड र माल्टामा गठित कोरोना प्रकोप सम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति र मर्जिङ नेपसक्स लगायत सबै संघसंस्था र समाज एवं समाजसेवी र स्वयंसेवकहरुलाई धन्यबाद ज्ञापन’ गरेको हो।
ति संघसंस्था र ब्यक्तिहरुले कोरोना संक्रमणबाट पीडित बेलायत, आयरल्याण्ड र माल्टामा रहेका विद्यार्थी र वृद्धवृद्धा लगायत सम्पूर्ण नेपालीहरुलाई विभिन्न संघसंस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरेका थिए । बेलायत सरकारका सम्बन्धित निकायहरु, स्थानीय काउन्सिलहरु र गोरखा वेलफेयर ट्रस्टलगायतका निकायहरु एवं आयरल्याण्ड र माल्टा सरकारका सम्बन्धित निकायहरुको योगदानलाई दूतावासले उच्च प्रसंसा गरेको छ ।
बेलायतमा भ्रमणका क्रममा कोरोना संक्रमणका कारण रोकिएका नेपालीहरुलाई जजिराका दुईवटा चार्टर फ्लाइटबाट नेपाल पठाइएको थियो । नेपाली राजदूतावास लन्डन पहलमा जजिरा एअरलाइन्सको उडानबाट प्राथमिकताका आधारमा २ सय २९ जना नेपालीलाई स्वदेश फ़र्काइएको थियो ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै