लण्डन । विदेशी सरकारबाट पेन्सन पाइरहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने नेपाल सरकारको निर्णयविरुद्ध ब्रिटिश, भारतीय र सिंगापुर प्रहरीमा सेवा गरेका गोरखाहरु एकजुट भएका छन् ।
उनीहरुको काठमाडौँमा भएको भेलाले गेसोका सभापति कृष्णकुमार राईको संयोजकत्वमा ‘गोरखा भूतपूर्व सैनिक संघर्ष समिति’ गठन गरेको छ । समितिको सहसंयोजकद्वयमा भारतीय सेनाबाट अवकारप्राप्त भेषशंकर पुरी र सिंगापुर प्रहरीबाट सेवानिवृत्त नौराज राई रहेका छन् । समितिको सदस्य सचिवमा बेलायती सेनाबाट अवकास पाएका गेसोका उपसभापति जीतबहादुर राई छन् भने कोषाध्यक्षमा भारतीय सेनाबाट निवृत्त क्याप्टेन जीवनकुमार श्रेष्ठ रहेका छन् ।
समितिका सदस्यहरुमा बालकृष्ण घर्तीमगर (भारतीय सेना), कुमार मान श्रेष्ठ (भारतीय सेना), मणिकिरात बान्तवा (ब्रिटिश सेना) र सहरमान तामाङ (ब्रिटिश सेना) रहेका छन् भने बाँकी दुई सदस्य सिंगापुर प्रहरीबाट पूर्ति गरिने बताइएको छ ।
गेसोले सरकारको सो निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेको छ भने अदालतबाट प्रतिवादीका नाममा कारण देखाउ आदेश जारी भइसकेको छ ।
नवगठित समितिले सरकारको सो निर्णयविरूद्ध अझ सशक्त कानुनी र शान्तिपूर्ण आन्दोलन गर्ने बताइएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा