लण्डन । विदेशी सरकारबाट पेन्सन पाइरहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने नेपाल सरकारको निर्णयविरुद्ध ब्रिटिश, भारतीय र सिंगापुर प्रहरीमा सेवा गरेका गोरखाहरु एकजुट भएका छन् ।
उनीहरुको काठमाडौँमा भएको भेलाले गेसोका सभापति कृष्णकुमार राईको संयोजकत्वमा ‘गोरखा भूतपूर्व सैनिक संघर्ष समिति’ गठन गरेको छ । समितिको सहसंयोजकद्वयमा भारतीय सेनाबाट अवकारप्राप्त भेषशंकर पुरी र सिंगापुर प्रहरीबाट सेवानिवृत्त नौराज राई रहेका छन् । समितिको सदस्य सचिवमा बेलायती सेनाबाट अवकास पाएका गेसोका उपसभापति जीतबहादुर राई छन् भने कोषाध्यक्षमा भारतीय सेनाबाट निवृत्त क्याप्टेन जीवनकुमार श्रेष्ठ रहेका छन् ।
समितिका सदस्यहरुमा बालकृष्ण घर्तीमगर (भारतीय सेना), कुमार मान श्रेष्ठ (भारतीय सेना), मणिकिरात बान्तवा (ब्रिटिश सेना) र सहरमान तामाङ (ब्रिटिश सेना) रहेका छन् भने बाँकी दुई सदस्य सिंगापुर प्रहरीबाट पूर्ति गरिने बताइएको छ ।
गेसोले सरकारको सो निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेको छ भने अदालतबाट प्रतिवादीका नाममा कारण देखाउ आदेश जारी भइसकेको छ ।
नवगठित समितिले सरकारको सो निर्णयविरूद्ध अझ सशक्त कानुनी र शान्तिपूर्ण आन्दोलन गर्ने बताइएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते