काठमाडौँ । सरकारले नेपाली सेनाका महासेनानीहरूलाई विभिन्न देश दूतावासमा सहचारी र सैनिक सल्लाहकारका रुपमा नियुक्त गरेको छ । नेपाली दूतावास बेलायतको सैनिक सहचारीमा रत्नबहादुर गोदार, अमेरिकाको सहचारीमा भुवनपूर्ण सत्याल, चीनको सैनिक सहचारीमा मोहन क्षेत्री, बंगलादेशमा रोशन शम्शेर जबरा, भारतमा रामचन्द्र खत्री, संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगमा जगदीश खड्कालाई सैनिक सल्लाहकारमा नियुक्त गरिएको छ।
हाल लण्डनस्थित नेपाली राजदुताबासमा सैनिक सहचारी ब्रिगेडियर जनरल कुमार थापा छन्। थापा आफ्नो कार्यकाल सिध्याएर नोभेम्बरमा नेपाल फर्कदै छन्। थापाको ठाउमा सैनिक सहचारीको जिम्मेबारी रत्नबहादुर गोदारले लिने भएका हुन् ।
त्यस्तै, नेपाली दूतावास पाकिस्तानको सैनिक सहचारीमा अमृत काजी गुरुङलाई नियुक्त गरिएको छ । यसैगरी, नेपाली राजदूतावास मस्कटको चान्सरी र राजदूत निवास निर्माणका लागि जग्गा भाडामा लिन स्वीकृति दिइएको छ । वार्षिक छ लाख ३७ हजार ७३५ रुपियाँ तिर्नेगरी २० वर्षका लागि भाडामा लिन स्वीकृति दिइएको हो ।
त्यस्तै, प्रहरी नायब महानिरीक्षकहरू निरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई जनपद प्रहरीको अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरिएको छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा