गोरखा भूपू सैनिकको अदालतमा विचाराधीन मुद्दामा असर पुर्याउने कार्यप्रति गेसोको आपत्ति

लण्डन । गोरखा भुतपुर्ब सैनिक संघ (गेसो)ले नेपाल सरकारको सामाजिक सुरक्षा भत्ताबाट गोरखा भूतपूर्व सैनिक र उनका परिवारलाई वन्चित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी सामाजिक सन्जालमा गरिएको कार्यप्रति निन्दा प्रकट गरेको छ।

गेसो केन्द्रिय समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी केही व्यक्तिहरुले सर्वोच्च अदालत र न्यायाधीशको मानमर्दन र साख गिराउने अभिव्यक्ति सामाजिक सन्जालमा दिएको बताएको छ । त्यस्तो कार्य कसले गर्यो भन्ने बारेमा विज्ञप्तिमा केही खुलाइएको छैन ।

गेसोको प्रगति र प्राप्त हुन गइरहेको उपलब्धिलाई सहन नसकी विभिन्न बहानामा गेसोलाई कमजोर बनाउने दुस्साहसस्वरुप त्यस्तो कार्य गरिएको गेसोको आरोप छ ।

त्यसरी अभिव्यक्ति दिने व्यक्तिहरु गेसोसित सम्बन्धित नरहेको पनि प्रष्ट पारिएको छ । साथै त्यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न पनि नेपाल सरकारसित माग गरिएको छ ।

गेसोले विदेशी सरकारबाट पेन्सन पाइरहेकाहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने नेपाल सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । एक सातामा फैसला आउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री