लण्डन । गोरखा भुतपुर्ब सैनिक संघ (गेसो)ले नेपाल सरकारको सामाजिक सुरक्षा भत्ताबाट गोरखा भूतपूर्व सैनिक र उनका परिवारलाई वन्चित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी सामाजिक सन्जालमा गरिएको कार्यप्रति निन्दा प्रकट गरेको छ।
गेसो केन्द्रिय समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी केही व्यक्तिहरुले सर्वोच्च अदालत र न्यायाधीशको मानमर्दन र साख गिराउने अभिव्यक्ति सामाजिक सन्जालमा दिएको बताएको छ । त्यस्तो कार्य कसले गर्यो भन्ने बारेमा विज्ञप्तिमा केही खुलाइएको छैन ।
गेसोको प्रगति र प्राप्त हुन गइरहेको उपलब्धिलाई सहन नसकी विभिन्न बहानामा गेसोलाई कमजोर बनाउने दुस्साहसस्वरुप त्यस्तो कार्य गरिएको गेसोको आरोप छ ।
त्यसरी अभिव्यक्ति दिने व्यक्तिहरु गेसोसित सम्बन्धित नरहेको पनि प्रष्ट पारिएको छ । साथै त्यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न पनि नेपाल सरकारसित माग गरिएको छ ।
गेसोले विदेशी सरकारबाट पेन्सन पाइरहेकाहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने नेपाल सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । एक सातामा फैसला आउने बताइएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश