बेलायतमा कोरोनाको लक्षण देखिएमा अब १० दिन आइसोलेसनमा बस्नपर्ने

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको वा संकेत देखिएको व्यक्तिले अब १० दिन आइसोलेसन (एकान्तबास) मा बस्न पर्ने भएको छ ।

बेलायतका प्रमुख चिकित्सकीय अधिकारीहरुले सो घोषणा गरेका हुन् ।

यसअघि लगातार खोकी लागेमा, शरीरको तापक्रम उच्च भएमा, ज्वरो आएमा, खानाको स्वाद हराएमा  एक साता आइसोलेसनमा बसे पुग्थ्यो ।

पुन भाइरस नफैलियोस् भनेर सो निर्णय गरिएको अधिकारीहरुले प्रष्ट्याएका छन् ।

नयाँ निर्देशन विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार गरिएको बताइएको छ ।

आउने जाडो याममा समुदायमा भाइरस फैलनबाट रोक्न यो निर्देशन सहयोगो हुने अधिकारीहरुले विश्वास लिएका छन् ।

अनुसन्धानहरुले कोरोना संक्रमितहरुले सातदेखि नौ दिनसम्म कम तर संक्रमण फैलाउन सक्ने देखाएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री