अमेरिका । विश्वका चार ठूला प्रविधि कम्पनीका प्रमुखहरू बजारमा प्रतिस्पर्धा दबाउन उनीहरूले शक्तिको दुरुपयोग गरेको भन्ने आरोपको सामना गर्न बिहीबार अमेरिकी संसदीय सुनुवाइमा उपस्थित भएका छन्।
एमेजनका प्रमुख जेफ बेजोसले विश्वलाई ठूला कम्पनीहरूको खाँचो रहेको बिबिसीले जनाएको हो । फेसबुक, एप्पल र गुगलका प्रमुखहरूले आफ्ना कम्पनीहरुले आविष्कारका लागि उत्प्रेरित गरेको तर्क गरे । कडा नियमन तथा प्रतिस्पर्धासम्बन्धी छानबिनको विषयमा सांसदहरूले विमर्श गरिरहेका बेला ठूला प्रविधि कम्पनीका प्रमुखहरू संसदीय सुनुवाइमा सहभागी भएका हुन्।
कतिपय आलोचकहरू चाहन्छन् ती कम्पनीहरू फुटून्।
बिबिसीका अनुसार सुनुवाइका क्रममा डेमोक्र्याटहरूले प्रतिस्पर्धाको विषयमा प्रश्न उठाए भने रिपब्लिकनहरूको चासो ती कम्पनीहरूको सूचना व्यवस्थापनको विषयमा थियो।
संसदीय सुनुवाइको नेतृत्व गरेका डेमोक्र्याट सांसद डेविड सिसिलिनले एक वर्ष लगाएर सांसदहरूले गरेको अनुसन्धानबाट अनलाइन प्लेटफर्महरूले दायरा विस्तार गर्नका निम्ति आफ्नो शक्ति विध्वंसात्मक र हानि पुर्याउने हिसाबले खर्च गरेको बताए।
ती कम्पनीहरूले एकाधिकार कायम गरेको भन्दै त्यसप्रति आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिए।
‘केही कम्पनी’ फुट्नुपर्छ र सबैको हकमा उचित रूपमा नियमन आवश्यक छ, पाँच घण्टा लामो सुनुवाइको अन्त्यमा सिसिलिनले भने।
भिडिओ लिङ्कमार्फत् उपस्थित भएका फेसबुकका मार्क जकरबर्ग, एमेजनका जेफ बेजोस, गुगलका सुन्दर पिचाइ र एपलका टिम कूकलाई पाँच घण्टासम्म प्रश्नहरू सोधिएको थियो।
चारैजना प्रमुख कार्यकारी अधिकृतहरूले आफ्नो कम्पनीले कुनै गैरकानुनी काम नगरेको बताए। उनीहरूले कम्पनीको अमेरिकी उत्पत्ति एवम् मूल्य(मान्यतामाथि जोड दिए।
सुनुवाइका क्रममा सांसदहरूले आफ्ना वेब पेजमा प्रयोगकर्ताहरूलाई तानिरहन गुगलले एल्पजस्ता साना कम्पनीद्वारा तयार पारिएका विषयवस्तु चोरेको आरोप समेत लगाए।
वेबसाइटमा एमेजनका विक्रेताहरूको व्यवहार इन्स्टाग्रामजस्ता प्रतिस्पर्धीको स्वामित्व फेसबुकले खरिद गरेको र एपलको एप भण्डार लगायतका विषयले सांसदहरूको ध्यान तानेको थियो। सुनुवाइका क्रममा कतिपय रिपब्लिकन सांसदले ती कम्पनीहरूलाई टुटाउने अथवा प्रतिस्पर्धासम्बन्धी अमेरिकी कानुनमा आमूल परिवर्तन ल्याउनुपर्ने पक्षमा आफूहरू नरहेको तर्क गरेका थिए।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]