लण्डन । कवि देवेन्द्र खेरेसलाई यस वर्षको सुप्रमा-ईप्रमा साहित्य पुरस्कार दिइने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युकेका संस्थापक अध्यक्ष स्वर्गीय ईश्वरप्रसाद मानन्धरले आफ्ना पिता सुन्दरप्रसाद मानन्धरको स्मृतिमा स्थापना गर्नुभएको सो पुरस्कार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युके च्याप्टरमार्फत प्रदान गर्ने गरिन्छ । सो पुरस्कार पाउने उहाँ सातौँ स्रष्टा हुनुहुन्छ ।
समाजले नेपाली साहित्यलाई सम्बर्धन र प्रबर्धन गर्न युकेका स्रष्टाहरुलाई वर्षेनी सो पुरस्कार दिने गरेको छ ।
पुरस्कारको राशी २५१ पाउण्ड रहेको छ ।
शुरुमा सुप्रमा (सुन्दरप्रसाद मानन्धर) नामको यस पुरस्कारको यस वर्षदेखि नाम परिवर्तन गरी सुप्रमा-ईप्रमा (ईश्वरप्रसाद मानन्धर) साहित्य पुरस्कार बनाइएको छ । मानन्धर परिवारले सो पुरस्कारको प्रायोजन गरेका छन् ।
वर्षेनी युकेबाट प्रकाशित नेपाली साहित्यका पुस्तकहरुमध्येबाट एक उत्कृष्ट कृतिलाई सो पुरस्कार दिइने अनेसास युकेका निवर्तमान अध्यक्ष सुमलकुमार गुरुङले बताए ।
सो पुरस्कार छनौटका लागि डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ र राजकुमार श्रेष्ठ रहेको छनौट समिति बनाइएको थियो । समितिले कवि खेरेसको ‘कोलम्बस यात्रा’ कविता संग्रहलाई सो पुरस्कार दिने निर्णय गरेको हो ।
खोटाङमा जन्मिएका कवि खेरेसको यसअघि ‘रुङ्ग्रीको बयान र नदी किनारा’ कविता संग्रह प्रकाशित छ । कवि खेरेस साहित्य, समाजसेवा र पत्रकारितामा उत्तिकै सक्रिय छन् । उनी नेपाल प्रतिभा प्रतिष्ठानको कोषाध्यक्ष छन् भने किरात राई यायोख्या मेडिस्टोन शाखाका अध्यक्ष छन् । पत्रकारितामा उनी यसअघि नेपाल पत्रकार महासंघ युकेको सहकोषाध्यक्ष रहनुका साथै ग्रीनवीच टाइम्स पत्रिकाका सम्पादक पनि रहिसकेका छन् ।
सो पुरस्कारबाट यसअघि स्रष्टाहरु मुकेश राई, केदार संकेत, कृष्ण बजगाई, दुर्गाप्रसाद पोखरेल, नृपेश उप्रेती र डा. सुमाया राई पुरस्कृत भइसकेका छन् ।
पुरस्कार लकडाउनपछि एक साहित्यिक समारोह गरी प्रदान गरिने पनि निवर्तमान अध्यक्ष गुरुङले जानकारी दिए।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा