लण्डन । कवि देवेन्द्र खेरेसलाई यस वर्षको सुप्रमा-ईप्रमा साहित्य पुरस्कार दिइने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युकेका संस्थापक अध्यक्ष स्वर्गीय ईश्वरप्रसाद मानन्धरले आफ्ना पिता सुन्दरप्रसाद मानन्धरको स्मृतिमा स्थापना गर्नुभएको सो पुरस्कार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युके च्याप्टरमार्फत प्रदान गर्ने गरिन्छ । सो पुरस्कार पाउने उहाँ सातौँ स्रष्टा हुनुहुन्छ ।
समाजले नेपाली साहित्यलाई सम्बर्धन र प्रबर्धन गर्न युकेका स्रष्टाहरुलाई वर्षेनी सो पुरस्कार दिने गरेको छ ।
पुरस्कारको राशी २५१ पाउण्ड रहेको छ ।
शुरुमा सुप्रमा (सुन्दरप्रसाद मानन्धर) नामको यस पुरस्कारको यस वर्षदेखि नाम परिवर्तन गरी सुप्रमा-ईप्रमा (ईश्वरप्रसाद मानन्धर) साहित्य पुरस्कार बनाइएको छ । मानन्धर परिवारले सो पुरस्कारको प्रायोजन गरेका छन् ।
वर्षेनी युकेबाट प्रकाशित नेपाली साहित्यका पुस्तकहरुमध्येबाट एक उत्कृष्ट कृतिलाई सो पुरस्कार दिइने अनेसास युकेका निवर्तमान अध्यक्ष सुमलकुमार गुरुङले बताए ।
सो पुरस्कार छनौटका लागि डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ र राजकुमार श्रेष्ठ रहेको छनौट समिति बनाइएको थियो । समितिले कवि खेरेसको ‘कोलम्बस यात्रा’ कविता संग्रहलाई सो पुरस्कार दिने निर्णय गरेको हो ।
खोटाङमा जन्मिएका कवि खेरेसको यसअघि ‘रुङ्ग्रीको बयान र नदी किनारा’ कविता संग्रह प्रकाशित छ । कवि खेरेस साहित्य, समाजसेवा र पत्रकारितामा उत्तिकै सक्रिय छन् । उनी नेपाल प्रतिभा प्रतिष्ठानको कोषाध्यक्ष छन् भने किरात राई यायोख्या मेडिस्टोन शाखाका अध्यक्ष छन् । पत्रकारितामा उनी यसअघि नेपाल पत्रकार महासंघ युकेको सहकोषाध्यक्ष रहनुका साथै ग्रीनवीच टाइम्स पत्रिकाका सम्पादक पनि रहिसकेका छन् ।
सो पुरस्कारबाट यसअघि स्रष्टाहरु मुकेश राई, केदार संकेत, कृष्ण बजगाई, दुर्गाप्रसाद पोखरेल, नृपेश उप्रेती र डा. सुमाया राई पुरस्कृत भइसकेका छन् ।
पुरस्कार लकडाउनपछि एक साहित्यिक समारोह गरी प्रदान गरिने पनि निवर्तमान अध्यक्ष गुरुङले जानकारी दिए।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण