लन्डन । बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था, नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले बेलायत सरकारले यसै महिना सार्वजनिक गरेको ‘मिनी बजेट’ बारे बेलायतमा ब्यापार व्यवसाय गरिरहेका नेपाली ब्यवसायीहरूसंग जूममार्फत अन्तरक्रिया गरेको छ ।
ब्रिटिश अर्थ मंत्री ऋषि सुनकले सार्वजनिक गरेको मिनी बजेटका मुख्य बुंदाहरु र त्यसबाट कसरी लाभान्वित हुने भन्ने बारे छलफल केन्द्रित रहेको थियो।
कार्यक्रममा चार्टर्ड एकाउण्टेन्टद्वय युवराज न्यौपाने तथा गौरव बरालले कार्यपत्र प्रश्तुत गरेका थिए। छलफलमा जब रिटेन्शन स्किम, फर्लो, बाइ टु लेट प्रपर्टी आदि विषयमा वरिष्ठ एकाउण्टेन्ट्सहरु एलएन पाण्डे, हरिहर उपाध्याय, लेखनाथ घिमिरे, कृष्ण भट्टराई लगायतले दर्शक, श्रोताहरुका जिज्ञासाको जवाफ दिएका थिए।
“हामीले गत जुन महिनामा कोरोना भाइरस (कोभीड-१९) को संक्रमण रोक्न गरिएको लकडाउनबाट नेपाली ब्यवसायीहरूलाई परेको असर र बेलायत सरकारले घोषणा गरेका राहत प्याकेजबारे नेपाली व्यवसायीहरुलाई जानकारी गराउन एउटा वेबिनार आयोजना गरेका थियौं। उक्त वेबिनारबारे हामीलाई प्राप्त सकारात्मक प्रतिक्रिया र व्यवसायीहरुको आग्रह बमोजिम यो कार्यक्रम आयोजना गरेका हौँ,” नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेका अध्यक्ष सरोज सापकोटाले भने ।
“कोभिड १९ संक्रमण लगत्तै ब्रिटिश सरकारले यहांका व्यवसायीहरुको हितका लागि थुप्रै योजनाहरु सार्वजनिक ग-यो । तर बेलायतस्थित व्यवसायीहरुले तिनबाट चाहे जति लाभ लिन सकेको देखिएन । त्यसैले संस्थागतरुपमा हामीले यस्तो पहल गरेका हौँ,” नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेका महासचिव शशिधर नेपालले भने ।
कार्यक्रमको संचालन वरिष्ठ एकाउण्टेन्ट शिव सैंजुले गरेका थिए भने वरिष्ठ एकाउण्टेन्ट तथा कर सम्बन्धी सल्लाहकार समीर प्याकुरेलले धन्यवाद ज्ञापन गरेका थिए।
सो संस्थाले बेलायतमा रहेका नेपाली रेस्टुरेन्ट तथा क्याटरिंग ब्यवसायीहरुका लागि अकाउंट तथा कर सम्बन्धी जानकारी दिन आउँदो सेप्टेम्बर महिनामा अर्को वेबिनार संचालन गर्ने योजना बनाइ रहेको पनि जनाएको छ ।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा