लण्डन । पहिलोपटक घरपालुवा जनावरमा कोरोना संक्रमण भेटिएको छ ।
स्काई न्युजका अनुसार इङल्याण्डमा सो संक्रमण भेटिएको हो । वेब्रिज सरेमा रहेको एक प्रयोगशालामा जुलाई २२ मा सो संक्रमण भेटिएको बताइएको छ ।
घरधनीबाट सो बिरालोमा कोरोना संक्रमण फैलिएको प्रमाणहरु भेटिएको छ । घरधनीलाई यसघि कोरोना संक्रमण पुष्टी भएको पाइएको थियो र हाल बिरालो र घरधनी दुवै कोरोनामुक्त भएको सरकारले जनाएको छ ।
सरकारले बिरालोबाट घरधनी र घरमा रहेका अन्य घरपालुवा जनावरहरुमा संक्रमण सरेको कुनै प्रमाण नपाइएको पनि प्रष्ट पारेको छ ।
प्रमुख पशुचिकित्सा अधिकृत क्रिस्टिन मिडलमिसले यो दुर्लभ घटना भएको र संक्रमित बिरालोमा सामान्य लक्षण मात्र देखापरेको र केही दिनमै निको भएको बताइन् ।
जनस्वास्थ्य इङल्याण्डकी यभोन डोयलले यस घटनाबाट सजग हुनुपर्ने कुनै कारण नभएको बताइन् । ”कोरोना संक्रमणबाट जोगिन जनावरहरुलाई छुनुअघि र छोएपछि हात धुनुपर्छ’ उनले भनिन् ।
सो बिरालोलाई पहिले श्वास प्रस्वासमा समस्या भएको एक निजी पशु चिकित्सकले पत्ता लाएका थिए ।
तत्पश्चात नमूना परीक्षण गर्दा कोरोना संक्रमण भेटिएको थियो ।
सो घटनाका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइसकिएको बताइएको छ ।
युरोप, उत्तरी अमेरिका र एसियामा घरपालुवा जनावरहरुमा कोरोना संक्रमण अत्यन्तै काम रहेको बताइएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा