लण्डन । पहिलोपटक घरपालुवा जनावरमा कोरोना संक्रमण भेटिएको छ ।
स्काई न्युजका अनुसार इङल्याण्डमा सो संक्रमण भेटिएको हो । वेब्रिज सरेमा रहेको एक प्रयोगशालामा जुलाई २२ मा सो संक्रमण भेटिएको बताइएको छ ।
घरधनीबाट सो बिरालोमा कोरोना संक्रमण फैलिएको प्रमाणहरु भेटिएको छ । घरधनीलाई यसघि कोरोना संक्रमण पुष्टी भएको पाइएको थियो र हाल बिरालो र घरधनी दुवै कोरोनामुक्त भएको सरकारले जनाएको छ ।
सरकारले बिरालोबाट घरधनी र घरमा रहेका अन्य घरपालुवा जनावरहरुमा संक्रमण सरेको कुनै प्रमाण नपाइएको पनि प्रष्ट पारेको छ ।
प्रमुख पशुचिकित्सा अधिकृत क्रिस्टिन मिडलमिसले यो दुर्लभ घटना भएको र संक्रमित बिरालोमा सामान्य लक्षण मात्र देखापरेको र केही दिनमै निको भएको बताइन् ।
जनस्वास्थ्य इङल्याण्डकी यभोन डोयलले यस घटनाबाट सजग हुनुपर्ने कुनै कारण नभएको बताइन् । ”कोरोना संक्रमणबाट जोगिन जनावरहरुलाई छुनुअघि र छोएपछि हात धुनुपर्छ’ उनले भनिन् ।
सो बिरालोलाई पहिले श्वास प्रस्वासमा समस्या भएको एक निजी पशु चिकित्सकले पत्ता लाएका थिए ।
तत्पश्चात नमूना परीक्षण गर्दा कोरोना संक्रमण भेटिएको थियो ।
सो घटनाका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइसकिएको बताइएको छ ।
युरोप, उत्तरी अमेरिका र एसियामा घरपालुवा जनावरहरुमा कोरोना संक्रमण अत्यन्तै काम रहेको बताइएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते