लण्डन । रोयल बरो अफ ग्रीनविच नेप्लीज सोसाइटी युकेले नेपाल वेलफेयर सोसाइटीको संयोजनमा तनहुँको घिरिङमा दियो राहत वितरण गरेको छ ।
पहिरोबाट प्रभावित तनहुँको घिरिङ गाउँपालिकाका ६० घर बिपन्न परिवारलाई खाद्यान्न राहत उपलब्ध गराइएको हो ।
राहतस्वरूप प्रति घर एकबोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पाकेट आयो नुन वितरण गरिएको संस्थाकी अध्यक्ष शर्मिला हिराचन थकालीले बताइन् ।
राहत वितरण कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जुम कन्फरेन्समार्फत सम्बोधन गरेका थिए । कोभिड-१९ को महामारी एवं भर्खरै आएको पहिरोको जोखिमबाट बिस्थापितहरुलाई राहत उपलब्ध गराएर आरजिएनएस युके वास्तवमा दुखी पीडित नेपालीहरुको आत्मीय साथी बन्न सफल भएको बताए । विदेशमा रहेर पनि संकटको यस अवस्थामा मातृभूमिलाई सम्झिएर जोखिममा परेका नागरिकहरुलाई सहयोग गर्ने संस्था र ब्यक्तिहरुलाई सरकारले उच्च सम्मान गर्ने बताए ।
कार्यक्रमका संचालक तथा संस्थाका उपाध्यक्ष जित रानाभाटका अनुसार यसअघि रुकुमको सानिभेरी, बाग्लुङको गलकोट र आज तनहुँको घिरिङमा समेत गरि १५० घर परिवारलाई सोसाइटीले राहत उपलब्ध गरिएको बताए ।
राहत वितरणलाई स्थानियरुपमा गाउँपालिका वडा न.३ का अध्यक्ष रणबहादुर राना, उपाध्यक्ष सरस्वती सिग्देल, अध्यक्षहरु वडा न.१ का गंगाराम कुमाल, वडा न.२ का पूर्ण थापा, वडा न.४ का शक्ति थापा, वडा न.५ प्रेमबहादुर थापा र धिरिंग गाऊँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगाना, उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ, नेकपाका नेताहरु होमबहादुर थापा, भुवन विश्वकर्मा, शिक्षक तथा बुद्धिजीवी रमेश नेपाली लगायतले सहजीकरण गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष रानाले विषम परिस्थितिमा राहत उपलब्ध गराएर संस्थाले अतुलनीय मानवीय काम गरेको बताउँदै सहयोगी नेपाली मनहरुप्रति आभार ब्यक्त गरे ।
बाचौं र बचाऔं अभियानका अभियन्ता तथा राहत वितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष एवं विशिष्ट अतिथि धनबहादुर सार्कीले बिपत्तिको बेला खाद्यान्नको अभावमा कोही पनि नागरिकहरु मर्न नपरोस भन्ने पवित्र उद्देश्यका साथ यो अभियान संचालन गरिएको बताए । एकल र सहकार्यमा यो तीन महिनाको अवधिमा १५ ओटा जिल्लाका ५९७ घर परिवारलाई खाद्यान्न राहत उपलब्ध गरिएको अध्यक्ष सार्कीले बताए ।
यसैगरी कार्यक्रममा बेलायतबाट आरजिएनएसका संरक्षक हरिगोविन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, महासचिव मन्जु भण्डारी, सल्लाहकारहरु श्याम शेरचन, कर्ण शाही, समाजसेवी बानु गुरुङ, कोने घोताने घोन्डे समाज युकेका अध्यक्ष लेफ्टिनेन्ट चन्द्र गुरुङ, थकाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष मेजर खिम प्रसाद गौचन, तमु धिं युकेका उपाध्यक्ष हितकाजी गुरुङ, नेपालबाट मेजर लक्ष्मीप्रसाद गुरुङ, तिलबहादुर आले, दलित विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली लगायतले जुम कन्फ्रेन्समार्फत सम्बोधन गरेका थिए ।
कार्यक्रमको समापन गर्दै संस्थाकी अध्यक्ष शर्मिला हिराचन थकालीले भौतिकरुपमा आफूहरु बेलायत रहे पनि भावनात्मकरुपमा मातृभूमिको माटाे प्रति निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश