लिस्बन, (पोर्चुगल), । गत १९ जुलाईका दिन असामयिक निधन भएका पर्वतका स्व. रमेशकुमार रेग्मीको शुक्रबार पोर्चुगलमा श्रद्धाञ्जली सहित अन्तिम संस्कार सम्पन्न भएको छ । स्व. रेग्मी विगत ५ बर्षदेखि पोर्चुगलको अलेन्तेजु स्थित लुम्गेईरा अल्मोग्राभ बस्दै आएका थिए । पोर्चुगल हेर्ने पेरिसस्थित आवासीय नेपाली राजदूत दीपक अधिकारीले शुक्रबार एक समवेदना पत्र पठाइ स्व. रेग्मीप्रति अन्तिम श्रद्धाञ्जली दिदै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
स्व. रेग्मीको शव व्यबस्थापन र अन्तिम संस्कार प्रक्रियामा महत्त्वपूर्ण सहयोग पुर्याएकोमा एआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरे र पर्वत समाज पोर्चुगल लगायत सम्बद्ध संघ संस्था र व्यक्तिहरुलाई दु:खको घडीमा खेलेको भूमिकाप्रति राजदूत अधिकारीले धन्यवाद समेत दिएका छन् ।
शुक्रबार आयोजित छोटो श्रद्धाञ्जली सभामा अन्तिम विदाइ गर्न र श्रद्धाञ्जली दिन लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमाल, एनआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरे, महासचिव हेमराज सुवेदी लगायत उनका पारिवारिक नातेदारहरु, साथीहरू र पर्वत समाजका मानिसहरु उपस्थित थिए । ४३ बर्षिय स्व.रेग्मीका श्रीमती, एक छोरा (१२ बर्ष ) र एक छोरी (७ बर्ष) नेपालमा रहेका छन् । उनीहरू भिसा लागेर पोर्चुगल आउने तयारी भइरहेको बेला कोरोनाका कारण लकडाउनले नेपाल मै अड्किरहेका थिए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश