लण्डन । कोरोना भाइरस वर्षौंसम्म रहिरहने र खोपको विकासपछि पनि उन्मूलन हु सक्ने सम्भावना कम रहेको विज्ञहरुले बताएका छन् ।
बेलायती संसदको स्वास्थ्य समितिमा बोल्दै उनीहरुले आज सो कुरा बताएका हुन् ।
सरकारलाई सल्लाह दिन गठित वैज्ञानिकहरुको टोलीका सदस्य तथा वेलकम ट्रष्टका निर्देशक सर जेरेमी फरारले भने ‘क्रिस्मस सम्ममा बेलायत भाइरसमुक्त हुन सक्दैन ।’
अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपको पहिलोचरणको मानव परीक्षणको सकारात्मक परिणाम आएको भोलिपल्ट विज्ञहरुको यस्तो धारणा आएको हो । यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि छिटोमा नोभेम्बर र ढिलोमा क्रिस्मससम्मा बेलायत सामान्य जनजीवनमा फर्कन सक्ने बताएका थिए ।
सर फरारले भने कोरोना भाइरस दशकौँसम्म रहनसक्ने बताएका छन् । यथार्थपरक हुनु महत्वपूर्ण छ भन्दै उनले विश्वले आउँदा धेरै वर्षसम्म भाइरससँगै जीउनुपर्ने दाबी गरे ।
“यदि हामीसित खोपभए पनि वा राम्रो उपचार समाज यो भाइरससँगै धेरै वर्षसम्म रहिरहनुपर्नेछ” उनले भने । उनले दोस्रो वेभलाई टार्न असम्भवप्राय भएको बताए । उनले परीक्षण क्षमता बढाउने तथा उपचार र खोपमा लगानी गर्न बुद्धिमानी हुने बताए ।
अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर सर जोन बेलले कोरोना भाइरसविरुद्धको खोपको परीक्षणका बारेमा राम्रा समाचार आए पनि भारइस उन्मूलन हुने सम्भावना कम रहेको बताए । ”यो भाइरस सधैँ यहीँ रहिरहने छ, कतै जानेवाला छैन । वास्तविकता यही नै हो” उनले भने ।
पोलियो उन्मूलन गर्न १५ वर्ष लागेको पनि अझै रहिरहेको उल्लेख गर्दै उनले खोपले धेरै लामो प्रभाव पार्न सक्ने सम्भावना कम रहेको बताए । खोप कार्यक्रम निरन्तर चलिरहने उनले अनुमान गरे ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने