लण्डन । कोरोना भाइरसको संक्रमणबाट युकेमा एक नेपाली महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर जिल्ला सदानन्द नगरपालिका-१० साङपाङ माजुवा स्थायी घर भई हाल आसफोर्ड केन्टमा बसोबासरत दादिकी शेर्पा हुनुहुन्छ ।
उहाँलाई उपचारका लागि शनिबार स्थानीय विलियम हार्भे अस्पताल लगिएकोमा आइतबार दिउँसो २:१५ निधन भएको शेर्पा संघ बेलायतका महासचिव रिन्जी शेर्पाले जानकारी दिनुभयो ।
७७ वर्षीय शेर्पालाई कोभिड १९ पोजिटिभ देखिएपछि उपचाररत रहेको पनि महासचिव शेर्पाले बताए ।
दादिकी शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको सासु हुनुहुन्छ । उहाँ केही वर्षदेखि बेलायतमा बसोबास गर्दै आउनुभएको बुझिएको छ ।
अहिले उहाँको परिवार आइसोलेसनमा रहेको बताइएको छ ।
शेर्पा संघ बेलायतले स्वर्गीय शेर्पाप्रति श्रद्धान्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता