लण्डन । अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोरोना विरुद्धको खोपलाई पहिलो चरणमा सफलता मिलेको छ ।
सो भ्याक्सिनको मानिसमा गरिएको पहिलो चरणको परीक्षणक नतीजाका बारेमा आज प्रकाशित जर्नल आर्टिकलमा सो खोप दिइएका स्वयंसेवकहरुमा प्रतिरोधात्मक क्षमता बढाउन सो खोप प्रभावकारी देखिएको बताइएको छ ।
सो खोपको परीक्षण बेलायतका ५ वटा अस्पतालमा गत अप्रिल र मे महिनामा गरिएको थियो । पहिलो चरणमा १८ देखि ५५ वर्ष उमेर समूहका १ हजार ७७ जनामा सो खोप लगाइएको थियो ।
ती स्वयंसेवकहरुमा सो खोपले एण्टीबडी र टी सेल विकास गरेको पाइएको छ । टी सेल कोरोनाभाइरसबाट बचाउन महत्वपूर्ण हुन्छ । परीक्षणमा टी सेल ५६ दिनसम्म रहेको पाइएको छ ।
पहिलो चरणको मानव परीक्षणको नतीजा आशलाग्दो भए पनि खोपको विकासका लागि पर्याप्त भने छैन । त्यसैले अझै व्यापक परीक्षणसहित खोपको तेस्रो चरणको परीक्षण अहिले चलिरहेको छ ।
ओैषधि निर्माता कम्पनी आष्ट्राजेन्काले उत्पादन गर्ने सम्झौता गरेको सो खोपको विकासमा बेलायत सरकारले लगानी गरेको छ भने १० करोड डोजका लागि सम्झौता गरिसकेको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा