लण्डन । बेलायतको एक बायो टेक कम्पनीले विकसित गरेको ओैषधिले कोरोना भाइरस संक्रमितको उपचारमा महत्वपूर्ण सघाउ पुर्याउने प्रारम्भिक रिपोर्टले देखाएको छ ।
बीबीसीका अनुसार साउदह्याप्टनमा रहेको सिनार्जिन नामक कम्पनीले उत्पादन गरेको ‘एसएनजी००१’ नामक ओैषधि कोरोना संक्रमणबाट गम्भीर रुपमा बिरामी परेकाहरुको उपचारमा प्रभावकारी देखिएको हो ।
यस ओैषधिका कारण अतिसघन कक्ष (आइसियु) मा भर्ना गर्नुपर्ने अवस्थामा कमी ल्याएको शुरुवाती अध्ययनले देखाएको छ । यस ओैषधिका कारण भेन्टिलेसनमा राख्नुपर्ने अवस्थामा ७९ प्रतिशतले कमी ल्याउन सक्ने बताइएको छ ।
यो ओैषधि भाइरल संक्रमणका कारण शरीरले बनाउने प्रोटिनबाट बनाइएको हो र यसलाई ‘इन्टरफेरोन बेटा’ नाम दिइएको छ।
कोरोना भाइरसका बिरामीलाई श्वासबाट यो ओैषधि दिइने यस ओैषधिले प्रतिरोधात्मक क्षमतालाई तीव्र बनाउन सहयोग गर्ने बताइएको छ । यस ओैषधिका कारण बिरामीहरु छिटो सन्चो हुने आशा गरिएको छ ।
उत्पादक कम्पनीले श्वासप्रश्वासको समस्या समाधान गर्नमा यो ओैषधि अति महत्वपूर्ण हुनसक्ने संकेत देखिएको बताएको छ । यस्तै बिरामीहरुको अस्पतालको बसाइ पनि एक तिहाइले घटेको प्रारम्भिक अध्ययनमा देखिएको छ । यस ओैषधि लिइरहेका बिरामीहरु ६ दिनमै घर फर्केका छन् जबकि ओैसतमा उनीहरुको अस्पताल बसाइ ९ दिन रहने गर्दथ्यो ।
बेलायतका विभिन्न अस्पतालमा १०१ जना बिरामीहरुमा यो ओैषधि दिइएको थियो ।
तर यस अध्ययन अत्यन्त सानो भएको बताइएको छ । यस परीक्षणका प्रमुख टोम विल्किन्सनले यदि ठूलो अध्ययनले पनि यस्तै परिणाम देखाए यो नयाँ उपचार ‘गेम चेंजर’ हुने बताएका छन् ।
उत्पादक कम्पनीका प्रमुख रिचर्ड मार्सडनले योभन्दा राम्रो परिणाम आशा नगरिएको बताए । उनले अहिले देखिएको नतिजा कोभिड १९ का बिरामीको उपचारमा यो ठूलो सफलता भएको प्रतिक्रिया दिए ।
कम्पनीले अध्ययनको नतिजाहरुलाई विभिन्न नियामक निकायहरुमा प्रस्तुत गर्ने योजना बनाएको छ र यसबाट आगामी दिनमा उपचारका लागि अनुमति प्राप्त हुने आशा राखिएको छ । तर ब्रिटिश नियामकबाट अनुमति प्राप्त गर्न लामो समय लाग्ने गर्छ ।
कम्पनीले जाडो मौसममा हरेक महिना १ लाख डोज उपलब्ध गराउने बताएको छ ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा