लण्डन । म्याग्दीमा बाढीपहिरोले विस्थापित भएकाहरुका लागि बेलायतस्थित परोपकारी संस्था नेपाली वेलफेयर सोसाइटी युकेले राहत वितरण गरेको छ ।
गत असार २५ गते शुक्रबार राति आएको पहिरोले विस्थापित भएका मालिका गाउँपालिका-७, दुलेओडारका ५५ घर परिवारलाई एक महिना पुग्ने खाद्यान्न राहत सोसाइटीले उपलब्ध गराएको हो।
सोसाइटी युकेले प्रतिघर ३० किलो चामल, दुई लिटर तेल, दुई पोका नुन र दुई थान साबुन वितरण गरिएको सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीले बताए। सार्कीका अनुसार म्याग्दीमा बाढी पहिरोको कारण घर पूर्णरुपमा क्षति भएका तथा जोखिमका कारण घर छाडेर विस्थापित भएर खाद्यान्न अभावले दुख भोगिरहेका परिवारका लागि राहत वितरण गरिएको हो ।
सोसाइटीले यसअघि कोभिड–१९ ले प्रभावित १३ जिल्लाका ४८२ विपन्न घर परिवारलाई एक महिना पुग्ने राहत वितरण गरिसकेको छ ।
जुम कन्फ्रेन्समार्फत राहत वितरण कार्यक्रमको सञ्चालन रोयल बरो अफ ग्रीनीच नेप्लिज सोसाईटी युकेका उपाध्यक्ष तथा एनआरएनए युके सचिव जीत रानाभाटले सञ्चालन गरेका थिए । राहत वितरण कार्यक्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापा प्रमुख अतिथि थिए । उनले म्यादीमा बाढीपहिरोका कारण २८ जनाको मृत्यु भएको र अझै ४ बेपत्ता भएको जानकारी दिँदै धेरै मानिस घरबहारविहीन भएको, अपूरणीय मानवीय क्षति पुगेको बताए ।
यस्तै, रशमुर बोरो काउन्सिलका काउन्सिलर ज्ञानोर अस्ट्रिनले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने महान कार्य गरेको भन्दै सोसाइटीको कार्यको प्रसंशा गरिन् । नेपालबाट संयोजन गर्दै आउनु भएका उपेक्षित,उत्पीडित र दलितवर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीले गत वैशाख महिनाबाट सुरु गरिएको बाँचौ र बचाऊ अभियान उदयपुरको भुल्केबाट सुरु गर्दै आज म्याग्दीको दुले ओडारसम्म आइपुगेको बताए । यसैगरी पूर्व अञ्चल प्रशासक उत्तर टमाटा, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु, वडाध्यक्ष रेशमबहादुर जुग्जाली, पुस्कर विश्वकर्मा , भोजबहादुर थापा, यम किसान सार्की, किसान विश्वकर्मा, बुद्धिबहादुर जुग्जाली, चंदेबी फगामी, सृजना विश्वकर्मा, मोना युकेका अध्यक्ष दलबहादुर जुग्जाली, रोयल ग्रीनीच बोरो नेपाली समाजकी अध्यक्ष शर्मिला हिराचन थकाली, एनआरएनए युकेकी सदस्य गोमा पौडेल ,हाम्रो नेपाली समाज युकेका भीम शर्मा, विश्वकर्मा समाज युकेका कुमार सुनार,दिदीबहिनी समूहका सारदा थापा, माया केसी, लक्ष्मी बस्नेत, माेना युकेका लालबहादुर पुन र पदम गर्बुजा, पत्रकारहरु शिव भण्डारी र बादल साहीलगायत उपस्थित थिए ।
यस्तै नेपालको विभिन्न क्षेत्रबाट अथितिहरुमा टिका बसेल, प्रमिला लकान्द्री, मनोज राम, रन्जना सुन्दास, मीन चोख्गल, लगायत थिए भने समाजका गोपाल रोका,दिल बहादुर सार्की,बुद्धि नेपाली,आशादेवी रोका उपस्थित थिए ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा