लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो क्रिस्मस सम्ममा इङल्याण्डको जनजीवन सामान्य अवस्थामा फर्कने आशा व्यक्त गरेका छन् ।
आज बेलायती प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कोरोना संक्रमण नियन्त्रणको नयाँ योजना प्रस्तुत गर्दै उनले सो आशा व्यक्त गरेका हुन् ।
सो योजनाअनुसार अब स्थानीय काउन्सिलहरुलाई कोरोना प्रकोप फैलिएमा नियन्त्रणमा लिने थप अधिकार दिइएको छ । उनले लकडाउनका कारण बन्द रहेका केही क्षेत्र खोल्ने पनि बताएका छन् ।
उनका अनुसार अगष्ट १ तारिखदेखि सरकारको ‘सम्भवभए घरैबाट काम गर्नु’ भन्ने सल्लाह परिवर्तन हुनेछ । सरकारले अब घरबाटै काम गर्ने कि कार्यालयबाट गर्ने यसको निर्णयको जिम्मा सम्बन्धित रोजगारदातालाई दिएको छ ।
उनले लकडाउनका कारण सरकारले रोकेका क्षेत्रहरुलाई पुनरावलोकन गर्दै नोभेम्बरसम्ममा धेरै हदसम्म सामान्य अवस्थामा फर्काउने बताएका छन् ।
तर उनले आवश्यक परेको खण्डमा लकडाउन कडा पार्न नहिचकिचाउने पनि प्रष्ट पारेका छन् । अहिले खोलिएको लकडाउन शर्तसहितको भएको उनको भनाइ छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते