लण्डन । अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसका विरुद्ध विकास गर्दै गरेको खोपमा ठूलो प्रगति हासिल गरेको अनुसन्धाताहरुले बताएका छन्
खोपको मानिसहरुमा गरिएको परीक्षणले आशालाग्दो नतिजा देखाएको र भारइसविरुद्ध दोहोरो सुरक्षा दिनसक्ने बताइएको छ ।
खोपको पहिलो चरणको परीक्षणमा सहभागी स्वयंसेवकहरुबाट लिइएको रगतको नमूनामा खोपले शरीरमा एण्टीबडिज र टी सेलहरु उत्पादन गर्नमा सहयोग गरेको पाइएको डेली टेलिग्राफमा प्रकाशित समाचारमा उल्लेख छ। टी सेलहरु शरीरमा प्रतिरोधात्मक क्षमता विकास गर्नमा महत्वपूर्ण हुने गर्छन् ।
स्रोतलाई उद्धृत गर्दै समाचारमा एण्टीबडिज र टी सेलहरुको संयोजनले मानिसहरुलाई सुरक्षित राख्ने आशा गरिएको छ ।
कोरोना भाइरस विरुद्ध परीक्षण गरिएका गरिँदै गरिएका सयभन्दा बढी खोपमध्ये अक्सफोर्ड विश्वविद्यालयको पनि एक हो ।
सो खोपको परीक्षणलाई अनुमति दिने वर्कसायर रिसर्च इथिक्स कमिटीका अध्यक्ष डेभिड कार्पेन्टरले अक्सफोर्ड विश्विवद्यालयको खोप बिल्कुल सही दिशामा अघि बढिरहेको बताए ।
उनले भने, ‘कसैले पनि खोप बजारमा आउने अन्तिम मिति दिन सक्दैन किनकि परीक्षणले सही नतीजा नदिन पनि सक्छ । तर धेरै ठूलो ओैषधि निर्माता कम्पनीसित सहकार्य गरिएकाले खोपको परीक्षण सही दिशामा गए सेप्टेम्बर महिनामा खोप बजारमा ल्याउन सकिने छ र सोही लक्ष्यका साथ कामहरु भइरहेको छ ।’
खोपको विकास बेलायत सरकार र ओैषधि उत्पादक कम्पनी आष्ट्रजेन्काको सहयोगमा भइरहेको छ ।
आष्ट्राजेन्काका प्रमुख कार्यकारी अधिकृतले गत महिना पहिलो चरणको परीक्षण सकिन लागेको र तेस्रो चरणको परीक्षण शुरु हुनै लागेको बताएका थिए । तेस्रो चरणमा खोपको प्रभावकारिता र सुरक्षा परीक्षण गरिन्छ ।
खोपले काम गर्ने यकिन भइनसके पनि ओैषधि निर्माता कम्पनी भने विश्वभर दुई अर्ब खोप उत्पादन गर्ने बताइसकेको छ ।
यदि यो खोपले काम गरेमा सबैभन्दा पहिला अतिजोखिममा रहेका वृद्धवृद्धाहरु र स्वास्थ्यकर्मीहरुलाई दिइने कार्पेन्टरले बताए । यस्तै प्राविधिकहरु,नर्स, जीपीहरु र ओैषधि बनाउने व्यक्तिहरुलाई पनि यो खोप शुरुवाती चरणमा दिइने छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]