जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५ हजार ९५५ पुगेको छ ।
यस संक्रमणबाट विश्वभर १ करोड ३२ लाख ४२ हजार ६९३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार मङ्गलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७७ लाख ९ हजार ९७२ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४९ लाख ५५ हजार १४२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५९ हजार २०९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख ९७ हजार ४८३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३८ हजार २४७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २९ लाख ३१ हजार ९५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६ हजार ४९९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख ७५ हजार ५९४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८७ हजार १२२ जनाको मृत्यु भएको छ ।
युरोपमा २५ लाख ९३ हजार ५५८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५८१ को मृत्यु भएको छ । एसिया ३० लाख २० हजार ८०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७१ हजार ५५५ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ६ लाख १४ हजार ४३६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ५०४ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ