लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले कोरोनाका कारण नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपालमा रोकिएका वयोवृद्ध गोरखा भूतपूर्व सैनिक र उनीहरुका परिवारको समस्याका बारेमा परराष्ट्र मन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।
गेसो सभापति कृष्णकुमार राईले आज परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटी सो समस्याका बारेमा सम्बन्धीत निकायमा परामर्श गरिदिन माग गरेका हुन् ।
बेलायतको नियम अनुसार पेन्सनरहरुले २८ दिनभन्दा बढी बेलायतबाहिर बसे उनीहरुले पाउने सुविधाहरु रोक्का हुन्छ ।
कोरोना भाइरसका कारण नेपालमा गत मार्चदेखि अन्तर्राष्ट्रिय विमानस्थल बन्द छ र नियमित उडान अझै शुरु हुन सकेको छैन ।
यसबाट बिदा मनाउन नेपाल गएका वयोवृद्ध गोरखा भूतपूर्व सैनिक तथा उनका परिवारहरुमा मानसिक चिन्ता परेको उल्लेख गर्दै गेसोले उनीहरुको समस्या समाधान गर्न सहयोगका लागि नेपाल सरकारलाई गुहारेको हो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने