लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेले बेलायतमा क्रियाशील ६ जना पत्रकारलाई साहित्य सम्मान पदक (एनएलडिसी सिल्भर जुब्ली मेडल) प्रदान गरेको छ ।
२० हजार द२५ रूपियाँ राशीको उक्त पदकबाट कान्तिपुर दैनिकका बेलायत संवाददाता नवीन पोखरेल, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी मगर, नेपाली लिंक डटकम तथा अन्नपूर्ण दैनिकका बेलायत संवाददाता ध्रुवराज अर्याल, लन्डन नेपाल न्यूज डट कमका प्रधानसम्पादक शिव भण्डारी, नेपाली समाज यूके डटकमका सुशीलप्रताप सिंह र च्यानल लण्डनका एभरेष्ट गौतम सम्मानित भएका हुन् ।
विदेशमा रहेर नेपाली भाषा साहित्यको संवर्धन एवं संरक्षण गर्न सञ्चार क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएवापत परिषदको रजत वर्ष पदक तथा अभिनन्दन पत्र प्रदान गरिएको परिषदका अध्यक्ष कोमल मल्ल श्रेष्ठले जनाएका छन् ।
परिषदले आइतबार जुममार्फत रजत उत्सव कार्यक्रम गरेको थियो ।
रजत उत्सव समारोहका प्रमुख अतिथि परिषद्का संरक्षक बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले रजत उत्सव सम्मान पदक घोषणा गरेका थिए ।
परिषदले स्थापनाको २५ वसन्त (रजत वर्ष) को सुखद उपलक्ष्यमा परिषद् भित्र रहेर वा बाहिरबाट नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने परिषद्का संरक्षकलगायत पदाधिकारीहरू, कूटनीतिज्ञ, अन्य संघसंस्थाका साहित्यकार र सञ्चारकर्मीहरू समेत गरी ९३ जना सर्जकलाई रजत उत्सव विशिष्ट सम्मान पदक तथा साहित्य सम्मान पदक प्रदान गरिएको जनाएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित