लण्डन । स्याङ्जा समाज युकेले क्यान ईन्टरनेशनलको सहयोगमा अल्डरसर्टमा गोर्खा नेपाली समुदायका वरिष्ठ सदस्यहरूलाई कोभिड -१९ को लागि आवश्यक प्याक (मास्क र स्यानीटाइजर) वितरण गरेको छ। गोर्खा समुदायका १०० जना भन्दा बढी वरिष्ठ सदस्यहरुलाई आइतबार मास्क र स्यानीटाइजर वितरण गरिएको हो ।
कार्यक्रममा स्याङ्जा समाज युकेका अध्यक्ष सारदा गुरुङले अग्रजहरु बृद्धबृद्धा सदस्यहरुलाई सहयोगद्वारा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । “सस्थाको राम्रो कार्यका लागि हाम्रो टोली, समुदायका सदस्यहरू र क्यान ईन्टरनेशनलका डा. बलराम ढकाललाई धन्यवाद दिन्छु,” उनले भने ।
क्यान ईन्टरनेशनल तथा स्याङ्जा समाज युकेका महासचिब डा. बलराम ढकालले यहाँ रहेका गोरखा नेपाली समुदायका सदस्यहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । “यस कार्यक्रमलाई सफल बनाउन लागि पर्नु हुने सबैलाई हामी धन्यवाद दिन्छौं। हामी आशा गर्दछौं कि हामी पनि आउँदो दिनमा पनि यस्तै समर्थन राख्न सक्छौं,” उनले भने ।
कार्यक्रममा समाज युकेका अध्यक्ष गुरुङ, उपाध्यक्ष भरत गुरुङ, संरक्षकहरु थर्क सेन, मेजर कुमार गुरुङ, कोषाध्यक्ष विष्णु थापा, वरिष्ठ सल्लाहकार डेभिड गुरुङलगाएत अन्य समुदायको उपस्थिती थियो । स्याङ्जा समाज युके हालै स्थापना गरेको स्याङ्जालीहरुको सामाजिक संस्था हो। क्यान ईन्टरनेशनल बेलायतमा दर्ता भएको परोपकारि संस्था हो र गोर्खा तथा नेपाली समुदायहरुलाई सहयोग गर्दछ।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]