लण्डन । बेलायतमा कोरोनाको संक्रमणको उच्च जोखिममा रहेका कामदारहरुलाई लक्षण नदेखिए पनि परीक्षण गरिने भएको छ ।
स्काइ न्युजका अनुसार यसरी परीक्षण गरिनेहरुमा ट्याक्सी चालकहरु, सरसफाइ कर्मचारीहरु, सुपरमार्केटका कर्मचारीहरु लगायत छन् ।
बेलायती स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिममा रहेका कामदारहरुबाट कोरोना परीक्षणको मागका बारेमा र उनीहरु कसरी कोरोनाबाट प्रभावित भइरहेका छन् भन्ने हेर्न चाहेको बताएको छ ।
व्यापारिक प्रतिष्ठानहरु ट्याक्सी व्यवसायको एडिसन ली, ब्रिटिश टेलिकम, माइटी, बुट्स लगायत आफ्ना कर्मचारीहरुलाई कोरोना परीक्षण गराउन सहमत भएको बताइएको छ ।
यसैगरी, ब्राडफोर्ड, न्यूहाम, ब्रेन्ट, ओल्डाम काउन्सिलले पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेका मानिसहरुको समूह बनाइ परीक्षण गराउने बताएका छन् ।
सरकारले ल्याएको ट्रेस एण्ड टेष्ट प्रणालीले कम मात्र मानिसहरुलाई समेटिरहेको समयमा सरकारको यो कदम आएको हो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश