लण्डन । नेपाली सेफहरुको हकहित तथा संरक्षणका लागि खुलेको नेप्लिज सेफ एसोसिएसन यूकेले नि:शुल्क सदस्यता वितरण गर्ने भएको छ । गत सोमबार बेलायतमा बसेको भर्चुअल ‘जुम’ बैठकले कोरोनाको प्रभावमा परेका नेपाली सेफहरुलाई आर्थिक व्ययभार नपर्ने गरि नि:शुल्क सदस्यता वितरण गर्ने निर्णय गरेको अध्यक्ष दधि आचार्यले जानकारी दिए ।
उनका अनुसार विगतमा सदस्यता शुल्क बापत न्यूनतम ५ पाउण्ड लिइरहेको एसोसिएसन यूकेले अबदेखि सदस्यता शुल्क नलिने निर्णय गरेको छ । सेफ एसोसिएसन यूकेले संस्थाको वेभसाइटमार्फत नयाँ सदस्यताको फारम भर्ने व्यवस्था समेत गरेको छ । आचार्यको अध्यक्षतामा बसेको बैठकले अनलाईनमार्फत सदस्यताका लागि निवेदन दिन पनि नेपाली सेफहरुलाई आव्हान गरेको छ ।
“अब सेफ साथीहरुले संस्थाको वेभसाइटमार्फत नयाँ सदस्यका लागि फारम भर्न सक्नुहुनेछ,” अध्यक्ष आचार्यले भने । कोभिड -१९ का कारण बेलायत सरकारले जमघट र भेटघाटलाई निरुत्साहित गरेपछि अनलाईन माध्यमबाट धेरै कुराहरु भैरहेको सन्दर्भमा संस्थाको वेभसाइट संचालन ल्याइएको बताइन्छ ।
“कोभिड -१९ बाट आफू बच्नुहोस्, अरुलाई बाँच्न सहयोग गर्नुहोस् भन्ने मूल मन्त्र लिएर सेफ एसोसिएसन अघि बढी रहेकाले कोरोना भाइरसको संक्रमणबाट जोगिन बैठकले सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ” उनले भने । बैठकले कोभिड- १९ का कारण स्थगित गरिएको नेपाली पहिचानका खानासहितको फुड फेस्टिवललाई वर्तमान स्थितिमा सुधार आउने बित्तिकै गर्ने योजना बनाएको छ ।
http://यो लिंकमा गएर सदस्यता फारम भर्न सकिन्छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते