लण्डन । लण्डनको केन्द्र भागमा रहेको सेन्ट पल कथीड्रलमा बम विष्फोटको योजना बनाउने महिलालाई अदालतले आजिवन कैदको सजायँ ठहर गरेको छ ।
पश्चिम लण्डनकी ३६ वर्षीया साफिया शेखले सो कथीड्रलको साथै होटल र लण्डन अण्डरग्राउण्डमा समेत बम विष्फोट गराउने योजना बनाएकी थिइन् ।
उनको योजना प्रहरीको प्रतिआतंकवाद सेलले विफल बनाएको थियो ।
न्यायाधीशले उनलाई कम्तीमा १४ वर्ष जेलमा बस्न आदेश दिएका छन् ।
कालो बुर्का लगाएकी उनले जेलतर्फ लैजाँदा मुस्कुराएको र ओैँला उठाएर स्यालुट गरेको बताइएको छ । उनी आतंकवादी समूह आइएसआइएसको सदस्य भएको बताइएकफ छ ।
गैरमुस्लिम परिवारमा जन्मिएकी उनी छिमेकीबाट प्रभावित भई मुस्लिम बनेकी थिइन् । उनको उग्रवादी सोचका कारण इमाम र अरुले प्रश्न गर्न थालेपछि सन् २०१६ देखि उनी मस्जिद जान छोडेकी थिइन् ।
उनी श्रीलंकामा क्रिस्मसको दिन भएको बम विष्फोटबाट प्रभावित भई सो योजनामा लागेको बताइएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश