लण्डन । लण्डनको केन्द्र भागमा रहेको सेन्ट पल कथीड्रलमा बम विष्फोटको योजना बनाउने महिलालाई अदालतले आजिवन कैदको सजायँ ठहर गरेको छ ।
पश्चिम लण्डनकी ३६ वर्षीया साफिया शेखले सो कथीड्रलको साथै होटल र लण्डन अण्डरग्राउण्डमा समेत बम विष्फोट गराउने योजना बनाएकी थिइन् ।
उनको योजना प्रहरीको प्रतिआतंकवाद सेलले विफल बनाएको थियो ।
न्यायाधीशले उनलाई कम्तीमा १४ वर्ष जेलमा बस्न आदेश दिएका छन् ।
कालो बुर्का लगाएकी उनले जेलतर्फ लैजाँदा मुस्कुराएको र ओैँला उठाएर स्यालुट गरेको बताइएको छ । उनी आतंकवादी समूह आइएसआइएसको सदस्य भएको बताइएकफ छ ।
गैरमुस्लिम परिवारमा जन्मिएकी उनी छिमेकीबाट प्रभावित भई मुस्लिम बनेकी थिइन् । उनको उग्रवादी सोचका कारण इमाम र अरुले प्रश्न गर्न थालेपछि सन् २०१६ देखि उनी मस्जिद जान छोडेकी थिइन् ।
उनी श्रीलंकामा क्रिस्मसको दिन भएको बम विष्फोटबाट प्रभावित भई सो योजनामा लागेको बताइएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा