लण्डन । बेलायतको अल्डरसटमा बनाउन लागिएको प्रथम भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापामगरको शालिक निर्माणको लागि नेपाली समुदायबाट उत्साहजनक सहयोग जुटेको छ ।
ग्रेटर रसमुर नेपाली कम्युनिटी, रसमुर काउन्सिल र गोरखा वेलफेयर ट्रष्टलगायतको संयुक्त प्रयासमा स्थानीय प्रिन्सेस पार्कमा बनाउन लागिएको भिसी थापामगरको पूर्ण कदको सो शालिक निर्माणका लागि लक्षीत सहयोगको प्रतिवद्धता जुलाई १ मा पूरा भएको सो परियोजनाका प्रवक्ता तथा ग्रेटर रसमुर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष ओमप्रसाद थापाले जानकारी दिए ।
”शालिक निर्माणका लागि लाग्ने १ लाख २५ हजार पाउण्ड उठाउने हाम्रो लक्ष्य रहेको थियो । हिजोसम्ममा हामीलाई १ लाख ४० हजार ९६० पाउण्डको प्रतिवद्धता प्राप्त भएको छ” उनले भने ।
शालिकसँगै रहने शिलालेखमा १ हजार पाउण्डभन्दा माथि सहयोग गर्ने १२५ जना दाताहरुको नाम लेख्ने परियोजनाको योजना छ । सो योजना पनि जुलाई १ मा पूरा भइसकेको उनले बताए । ”हामीले योजना गरेअनुसार शिलालेखमा १२५ जना सहयोगदाताहरुको नाम मात्र लेख्न सकिने ठाउँ छ र त्यो पनि हिजो पूरा भइसकेको छ” उनले भने ।
थापाका अनुसार १२५ वटा स्थान बुकिङ भइसकेपछि पनि १ हजार पाउण्ड माथिको करिब १० वटा सहयोग आइसकेको तर अहिले स्थानाभावका कारण ती सहयोगदाताहरुलाई मुल्तवीमा राखिएको छ ।
”शिलालेखमा दाताहरुको नामावली १२५ वटाभन्दा बढी राख्न मिल्छ कि मिल्दैन भनेर आर्ट काउन्सिलसित सल्लाह गरेर मात्र थप सहयोग स्वीकार गर्न सकिने अवस्था छ” उनले भने । उनका अनुसार यसैबारेमा छलफल गर्न परियोजनाको बैठक यही शनिबार बस्ने भएको छ ।
प्रवक्ता थापाले शिलालेखमा नाम नराखी सहयोग गर्न चाहनेहरुका लागि भने ढोका खुला रहेको बताए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश