युकेका संघ-संस्थालाई ५९ पाउण्डमा वेभसाइट बनाउने अफर

लण्डन । जेन्स टेक्नोलोजीले युकेमा रहेका सामाजिक संस्थाहरुको वेभसाइट मात्र ५९ पाउण्डमा बनाइदिने भएको छ ।

नेपाली युवा व्यवसायीहरुद्वारा सन्चालित टेक्नोलोजीका अनुसार नेपाली समुदायप्रतिको सामाजिक उत्तरदायित्व ठानेर सो प्याकेज ल्याइएको हो ।

टेक्नोलोजीका अनुसार सबैभन्दा पहिला सम्पर्कमा आउने ५० संस्थालाई रजिष्ट्रेसन शुल्क मात्र लिएर वेभसाइट बनाइदिन लागिएको हो । टेक्नोलोजीको ‘सबै नेपाली समाजका लागि वेभसाइट’ अभियान अन्तर्गत यो प्याकेज ल्याइएको हो ।

उक्त मूल्यभित्र अरु कुनै लागत नलुकाइएको पनि जेन्सले प्रष्ट पारेको छ । यसका साथै टेक्नोलोजीले सम्बन्धित संस्थाका वेभसाइट चलाउने सदस्यलाई सामान्य तालिम दिई वेभसाइट सन्चालन गर्न सक्ने पनि बनाउने बताइएको छ ।

टेक्नोलोजीसित वेभसाइट बनाएपछि होस्टिङ त्यहीँ राख्नु पर्छ भन्ने अनिवार्य नरहेको र समाजले आफ्नो अनुकूलमा सार्नसक्ने छन् ।

वेभसाइट बनाउन इच्छुक हुनुहुन्छ भने निम्न सम्पर्कमा सम्पर्क गरी बुक गर्नसक्नुहुन्छ ।

T:01375430025 /02037840366

M:07429067450/07832904242/07545610066/07412579096

E:[email protected] /[email protected]

प्रतिक्रिया

सम्बन्धित सामाग्री