लण्डन । स्कटल्याण्डमा विगत तीन दिनमा कसैको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छैन ।
स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टरजनले स्कटल्याण्ड कोरोना भाइरस मुक्त हुन दिशामा नजिकै पुगेको बताएकी छिन् ।
स्कटल्याण्डमा हालसम्म कोरोना संक्रमणबाट २ हजार ४८२ जनाको मृत्यु भएको छ । यसैगरी संक्रमण हुनेहरुको संख्या १८ हजार २३६ रहेको छ । आइतबार घोषित विवरणमा गत २४ घन्टामा ८ जनामा नयाँ संक्रमण देखिएको बताइएको छ ।
संक्रमित भई अस्पताल भर्ना भएकामध्ये ४ हजार ५० जना निको भई घर फर्किसकेका छन् । हाल ४६० जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५ जना सघन उपचार कक्ष (आइसियु) मा उपचाररत छन् ।
आइतबार ट्वीटमार्फत प्रथम मन्त्री स्टरजनले लगातार तीन दिन कोरोना संक्रमणबाट कसैको ज्यान नगएको जानकारी दिँदा आरामको अनुभूति भएको बताएकी छिन् । उनले सबै मिलेमा कोरोना नियन्त्रण गर्न सकिने पनि उल्लेख गरेकी छिन् ।
कोरोना संक्रमणको संख्या घट्दै गएपछि लकडाउन खुकुलो हुँदै जाने अपेक्षा गरिएको छ ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो