लण्डन । नेपाल सरकारसित समन्वय गरी ब्यवस्थापन गरिएको चार्टर फ्लाईटभन्दा लण्डनबाट काठमाडौँ जान अनलाइनमा खोजी गर्दा हवाईजहाजको भाडा दर सस्तो भेटिएको छ ।
यसअघि लण्डनस्थित नेपाली दुताबाससमेतको पहलकदमीमा जुन २६ र २८ मा गरिएको जजिरा एयरवेजको चार्टर उडान तथा आगामी २९ जुन र २ जुलाई गरी युके तथा युरोपबाट नेपालीहरुलाई स्वदेश फर्काउन ट्राभल्स कन्सोलले तय गरेको भन्दा निकै सस्तो दररेटमा अनलाइनमा दुईतर्फी टिकट पाइएका छन् । अनलाईन सर्च इन्जिन गुगलमा खोजी गर्दा थुप्रै अनलाईन टिकेटिङ प्लाटफर्महरुले सस्तो भाडादरमै बेलायतबाट काठमाडौंका लागि उडान भरिरहेका छन् ।
हवाइ उडानमा विश्वभर नाम कमाएको कतार एयरवेजले नै करिब ९ सय पाउण्ड भन्दा सस्तोमा दुईतर्फी उडान भरिरहेको छ । तर ती अनलाईनमा देखाइएका टिकटहरुमा ट्रान्जिटमा कनेक्टिङ फ्लाईटका लागि केही लामो समय खर्चिनु भने पर्नेछ । ओपोडो, चिप फ्लाईट,स्काई स्क्यानर, कायकलगायतका अनलाईनमा त्यस्ता टिकटहरु पाउन सकिन्छ । तर, ती फ्लाईटहरुका लागि दुई साता अघिको योजना बनाउनु पर्नेछ ।
हाल नेपाल सरकारले सीमित एयरलाइन्सलाई मात्र अन्तर्राष्ट्रिय उडान भर्न अनुमति दिएको छ । त्यसमध्ये कतार एयरवेज एक हो ।
सरकारले उद्धारका लागि गत २४ र २६ जुनमा बेलायतबाट उडान भर्न अनुमति दिएको जजिरा एयरवेजले एकतर्फी भाडा नै ९ सय ४० पाउण्ड लिएको थियो । त्यस्तै, जुन २९ र २ जुलाईका लागि तय भएको कतार एयरवेजकै चार्टर फ्लाईटका लागि १ हजार १५० देखि १ हजार ३ सय यूएस डलरसम्म भाडा तोकिइएको छ ।
उता नट जष्ट ट्राभल्स युकेका निर्देशक विष्णु सुब्बा भने टिकेटिङ प्राइस कम्पेरिजन साइटहरुमा देखाइएको मूल्यमा टिकट प्राप्त हुन सक्ने सम्भावना कम रहेको बताउँछन् । त्यस्तै त्यस्ता उडानहरु रद्द हुने सम्भावना पनि उत्तिकै रहने अनि पैसा फिर्ताको प्रक्रिया पनि झन्झटिलो हुनसक्ने जोखिम उनी ओैँल्याउँछन् । उनी भन्छन्, ‘सके सीधा एयरलाइन्सबाट वा आफूले चिनेको एजेन्सीबाट टिकट लिँदा कम तनाव हुन्छ ।’
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’