शुक्रबार, असार १९ २०७७ | Fri, July 03, 2020
नेपालको समय: ०३:२१ | UK Time: 22:36

युके र युरोपमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि थप दुई फ्लाइट

वीनेपाली
२०७७ असार १३ गते २१:०५

लण्डन । नेपाल सरकार समन्वयमा बेलायतस्थित एक ट्राभल्स एजेन्सी ट्राभल्स कन्सोलले युरोपबाट थप नेपालीहरुलाई स्वदेश फर्काउन पुनः दुई दिन चार्टर फ्लाईट गर्न लागेको छ ।

आगामी २९ जुन र २ जुलाई गरी युरोपबाट नेपालीहरुलाई स्वदेश फर्काउन लागेको ट्राभल्स कन्सोलका निर्देशक विराज भट्टले जानकारी दिए ।

उनका अनुसार विदेश अलपत्र परेका वा जरुरी कामले नेपाल फर्किनु पर्ने युरोपमा रहेका नेपालीहरुलाई लण्डन हिथ्रो, म्यान्चेस्टर, फ्रयांकफोर्ड, वोस्लो, आमस्ड्रम , पेरिस, म्याड्रिड, रोम, एथेन्स, जुरिच, ब्रसेल्स र कोपनहेगनबाट कनेन्टिङ फ्लाईटमार्फत दोहार हुँदै काठमाडौं पुर्याउने व्यवस्था गरिएको हो ।

“सबै फ्लाइट कतार एयरवेजमार्फत गरिनेछ । चार्टर फ्लाईटको भाडा दर १ हजार १५० देखि १ हजार ३ सय यूएस डलरसम्म पर्नेछ”, निर्देशक भट्टले भने , “गन्तव्यअनुसार दोहामा केही लामो समय ट्रान्जिट पर्न सक्छ । तैपनि हामी यसलाई छोटो बनाउने प्रयासमा छौँ ।”

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक