लण्डन । कोरोनाभाइरसका बारेमा दिनहुँ नयाँ नयाँ तथ्य बाहिर आउँदैछन् यसैक्रममा कोरोना भाइरसबाट बेलायतमा अल्पसंख्यक जातिका गर्भवती महिलाहरु जोखिममा रहेको कुरा बाहिर आएको छ ।
यही खतराका कारण राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) इङल्याण्डले चिकित्सकहरुलाई अफ्रिकन तथा एसिएन मूलका गर्भवती महिलाहरुलाई चेकजाँच र भरोसा दिन आग्रह गरिरहेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार अफ्रिकन मूलका गर्भवती महिलाहरु कोरोना भाइरसका कारण अस्पताल भर्ना हुने सम्भावना अरुभन्दा आठ गुना बढी छ भने एसिएन महिलाहरु अस्पताल भर्ना हुने सम्भावना चार गुना बढी छ ।
अस्पतालहरुमा प्रसुती सेवा खुला राखिने र गर्भवती महिलाहरुलाई मिडवाइफसित सम्पर्कमा रहन पनि अनुरोध गरिएको छ ।
कोरोना भाइरसबाट पहिले बृद्धबृद्धा र पहिल्यैदेखि विभिन्न रोगले ग्रसितहरुलाई बढी जोखिम रहेको बताइए पनि अहिले भने गर्भवती महिलाहरुलाई कोरोना भाइरसले अरुलाई भन्दा बढी चाँडो समात्न सक्ने बताइएको छ । तर धेरैले सामान्य खालको रुघाखोकी जस्तो मात्र महसुस गर्नेछन् ।
गर्भवती महिलाहरुले कोरोना संक्रमणबाट बच्न जमघटहरुबाट अलग्गै बस्न सुझाव दिइएको छ ।
अध्ययनका अनुसार कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका कूल गर्भवती महिलाहरुको संख्यामध्ये आधा संख्या अफ्रिकन र एसिएन मूलका महलाहरुको रहेको छ । जबकि इङल्याण्ड र वेल्समा हुने कुल जन्ममा उनीहरुले एक चौथाइ हिस्सामात्र ओगट्छन् ।
रोयल कलेज अफ मिडवाइभ्जका प्रमुख कार्यकारी गिल वाल्टन भन्छिन्, ”कोरोना भाइरस आउनुभन्दा अगाडि पनि अफ्रिकन तथा एसिएन मूलका गर्भवती महिलाहरुमा प्रसुतिमा समस्या थियो । अहिले कोरोनाले त झनै समस्या थपिदियो ।”
”हामीहरु चिफ मिडवाइरी अफिसरले गरेकाे आग्रहलाई समर्थन गर्दछौँ र ती कार्यहरुलाई यथाशीघ्र कार्यान्वयन होस् भन्ने चाहन्छौँ ” उनले भनिन् ।
इङल्याण्डकी सबैभन्दा वरिष्ठ मिडवाइफ ज्याकलिन डन्कली बेन्टले सबै प्रसुती इकाइहरुलाई अफ्रिकन तथा एसिएन मूलका गर्भवती महिलाहरुका लागि अस्पताल भर्ना गर्ने मापदण्ड खुकुलो गर्न र उनीहरुलाई उचित भरोसा र सल्लाह दिन पत्राचार गरेकी छिन् ।
उनले भनेकी छिन्, ”म इङल्याण्डका सबै गर्भवती महिलाहरुलाईआश्वस्त पार्न चाहन्छु एनएचएस तपाईहरुको लागि हो । यदि तपाईहरुलाई आफूलाई वा आफ्नो बच्चालाई सन्चो छैन भन्ने लागेमा तुरुन्त तपाईको मिडवाइफलाई सम्पर्क गर्नुहोस् ।”
यसैगरी रोयल कलेज अफ मिडवाइभ्सले यदि खोकी लागेमा, श्वास फेर्न अफ्ठेरो भएमा, शरीर धेरै तातो र काम्न थाले मिडवाइफलाई सम्पर्क गर्न सल्लाह दिएको छ । यस्तै, फोन वा भिडियोबाट अपोइन्टमेन्टमा उपस्थित हुन पनि सुझाव दिएको छ । यदि तपाईको बच्चाको चालका बारेमा चिन्ता भएमा वा कट्टुमा रगत देखिएमा तुरुन्त मिडवाइफलाई सम्पर्क गर्न पनि भनिएको छ ।
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
नेपाल पत्रकार महासङ्घले निकाल्यो काठमाडौंमा ऐक्यबद्धता र्याली
नेपालमा राजनीतिक नियुक्ति पाएका एकमुष्ट पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !