लण्डन । बेलायतले युरोपका केही मुलुकमा होलिडे मनाउन जान अनुमति दिने भएको छ ।
यसअघि अत्यावश्यक कार्यका लागि मात्र आवतजावत गर्न पाउने र विदेशबाट आउने सबैलाई १४ दिन अनिवार्य रुपमा क्वारेन्टीनमा बस्नुपर्ने नत्र चर्को जरिवाना तिर्नपर्ने व्यवस्थालाई युरोपका केही मुलुकका लागि हटाउने तयारी गरेको हो ।
बीबीसीकाअनुसार जुलाई ६ तारिखदेखि त्यस्तो व्यवस्था लागू हुने छ । कुन कुन देशमा होलिडे जान पाइने भन्ने सूची सरकारले अर्को साता सार्वजनिक गर्ने सरकारका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
ती मुलुकहरुमा होलिडेमा जानेहरुले बेलायत फर्केर १४ दिन क्वारेन्टीनमा बस्न पर्ने छैन ।
कोरोना भाइरसको संक्रमणका कारण मार्चदेखि बेलायतमा होलिडे जान ठप्प छ ।
सरकारको नयाँ योजना अनुसार बेलायतको जस्तै वा त्यसभन्दा कम संक्रमणको दर भएका मुलुकहरुमा होलिडेमा जान दिइने छ । यस्तो सूचीमा स्पेन, फ्रान्स, ग्रीस, इटली, नेदरल्याण्डस, फिनल्याण्ड, बेल्जियम, टर्की, जर्मनी, नर्वे पर्ने आँकलन गरिएको छ ।
नयाँ व्यवस्थाले मानिसहरुलाई ग्रीष्मकालिन छुट्टीमा जान अवसर दिने र बेलायतको अर्थतन्त्रमा पनि सघाउ पुर्याउने आशा सरकारका प्रवक्ताले व्यक्त गरेका छन् ।
सरकारले कोरोना भाइरस संक्रमणको दरका आधारमा देशहरुलाई रातो, पहेँलो र हरियो सूचीमा विभाजन गर्ने तयारी गरेको छ । साथै संक्रमणको दर बढेमा तत्काल यस्ता व्यवस्था परिवर्तन पनि गर्न सकिने बताइएको छ ।
यसरी होलिडेमा जानेहरुले फर्कँदा आफू बस्ने ठेगाना भने बताउनु पर्नेछ । यस्तै हवाइजहाजमा यात्रा गर्दा अनिवार्यरुपमा मास्क लगाउन वा अनुहार ढाक्न पर्नेछ ।
सरकारको नयाँ कदमको पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् ।
बेलायतले जुन ८ देखि विदेशबाट आउने सबै यात्रुहरुलाई १४ दिन क्वारेन्टीन अनिवार्य गरेको थियो । क्वारेन्टीनको नियम उल्लंघन गर्नेलाई १ हजार पाउण्ड जरिवाना तोकिएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै