लण्डन । बेलायतले युरोपका केही मुलुकमा होलिडे मनाउन जान अनुमति दिने भएको छ ।
यसअघि अत्यावश्यक कार्यका लागि मात्र आवतजावत गर्न पाउने र विदेशबाट आउने सबैलाई १४ दिन अनिवार्य रुपमा क्वारेन्टीनमा बस्नुपर्ने नत्र चर्को जरिवाना तिर्नपर्ने व्यवस्थालाई युरोपका केही मुलुकका लागि हटाउने तयारी गरेको हो ।
बीबीसीकाअनुसार जुलाई ६ तारिखदेखि त्यस्तो व्यवस्था लागू हुने छ । कुन कुन देशमा होलिडे जान पाइने भन्ने सूची सरकारले अर्को साता सार्वजनिक गर्ने सरकारका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
ती मुलुकहरुमा होलिडेमा जानेहरुले बेलायत फर्केर १४ दिन क्वारेन्टीनमा बस्न पर्ने छैन ।
कोरोना भाइरसको संक्रमणका कारण मार्चदेखि बेलायतमा होलिडे जान ठप्प छ ।
सरकारको नयाँ योजना अनुसार बेलायतको जस्तै वा त्यसभन्दा कम संक्रमणको दर भएका मुलुकहरुमा होलिडेमा जान दिइने छ । यस्तो सूचीमा स्पेन, फ्रान्स, ग्रीस, इटली, नेदरल्याण्डस, फिनल्याण्ड, बेल्जियम, टर्की, जर्मनी, नर्वे पर्ने आँकलन गरिएको छ ।
नयाँ व्यवस्थाले मानिसहरुलाई ग्रीष्मकालिन छुट्टीमा जान अवसर दिने र बेलायतको अर्थतन्त्रमा पनि सघाउ पुर्याउने आशा सरकारका प्रवक्ताले व्यक्त गरेका छन् ।
सरकारले कोरोना भाइरस संक्रमणको दरका आधारमा देशहरुलाई रातो, पहेँलो र हरियो सूचीमा विभाजन गर्ने तयारी गरेको छ । साथै संक्रमणको दर बढेमा तत्काल यस्ता व्यवस्था परिवर्तन पनि गर्न सकिने बताइएको छ ।
यसरी होलिडेमा जानेहरुले फर्कँदा आफू बस्ने ठेगाना भने बताउनु पर्नेछ । यस्तै हवाइजहाजमा यात्रा गर्दा अनिवार्यरुपमा मास्क लगाउन वा अनुहार ढाक्न पर्नेछ ।
सरकारको नयाँ कदमको पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् ।
बेलायतले जुन ८ देखि विदेशबाट आउने सबै यात्रुहरुलाई १४ दिन क्वारेन्टीन अनिवार्य गरेको थियो । क्वारेन्टीनको नियम उल्लंघन गर्नेलाई १ हजार पाउण्ड जरिवाना तोकिएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते