लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमणबाट दैनिक एक हजारको हाराहारीमा मानिसहरुको निधन हुन थालेपछि धेरै नेपाली आत्तिए । उनीहरुले बेलायतस्थित नेपाली दुतावासमार्फत नेपाल सरकारलाई उद्धारका लागि हारगुहार गरे । दुतावासले करीब ५ सय नेपाली बेलायतबाट नेपाल फर्कन इच्छुक रहेको नामावली सरकालाई पठायो । सोही आधारमा सरकारले दुई वटा चार्टर फ्लाइटसहित बेलायतमा अलपत्र परेका नेपालीहरुको उद्धारको मिति तय गर्याे । तर, उद्धारको दिनसम्म आइपुग्दा आधाभन्दा बढी नेपालीहरु नेपाल फर्किनबाट पछि हटे ।
‘बेलायतमा दिनहुँ एक हजार व्यक्तिहरुको मृत्यु भएपछि म आत्तिएँ । कोरोना महामारीको अवस्थामा आमालाई बेलायत घुम्न बोलाएर गल्ति त गरिनँ भन्दै मनमा प्रश्न उब्जन थाल्यो । नेपाल सरकारले पनि बेलायतबाट उद्धार गर्ने नाम संकलन कार्य सुरु गर्याे । मैले पनि आमाको नाम दुतावासमा लेखाएँ । यसबीचमा स्थितिमा परिवर्तन आई कोरोनाबाट नेपाल झनै असुरक्षित लाग्यो’, आमालाई चार्टर फ्लाईटमा नेपाल नपठाउनुको कारण खोल्दै डा.मकुन्द बास्तोलाले भन्छन् ।
उनको जस्तै सोचाई धरै बेलायतमा अलपत्र परेको नेपालीहरुमा देखियो । त्यसको असर दोस्रो चार्टर फ्लाईटमा प्रत्यक्ष रुपमा देखियो । बेलायतबाट नेपाल जान उद्धारका सूचीमा रहेका झण्डै ५ सयमध्ये पहिलो चार्टरमा १ सय ४६ दोस्रो चार्टर फ्लाईटमा ८३ जना यात्रु गरी २ सय २९ जना मात्र नेपाल गए ।
त्यसबाहेक बेलायतका विश्वविद्यालयहरुमा आएका विद्यार्थीहरुले पनि कोभिड–१९ को फैलँदो सन्त्रासबाट सुरक्षित हुन नेपाल फर्किन नाम टिपाए पनि अन्तिम अवस्थामा माइन्ड चेन्ज गरे । दुताबासले नाम संकलन गर्दा र उद्धारको मितिसम्ममा स्थिति ठ्याक्कै फरक भयो । बेलायतमा कोरोना संक्रमण घटने र नेपालमा बढ्ने क्रम देखिएपछि चार्टर फ्लाइटको मंहगो टिकट उनीहरुले किनेनन् । बेलायत पनि विस्तारै खुल्न थाल्यो । दैनिक मृत्युदरमा कमी आइरहेको छ । बेलायतको जनजीवन अब सामान्य बन्दै जान थाल्यो ।
नेपाल सरकारले उद्धारका लागि चार्टर गरेको एकतर्फी प्लेन भाडा ९ सय २० पाउन्ड र नेपालमा फर्किएपछि तथा नेपालबाट बेलायत आएपछि दुवै देशमा १४- १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने झन्झटले धेरैको मन परिवर्तन गर्न थप मद्दत गर्याे । त्यस्तै, लामो समय परीक्षा स्थगित भएर यहाँ रोकिएका दर्जनौ नेपाली चिकित्सकहरुको परीक्षाको नयाँ मिति तोकियो । त्यसैले उनीहरु कोही पनि उद्धारको फ्लाइटमा गएनन् ।
दोस्रो चार्टर फ्लाइट शुक्रबार दिउँसो ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जजिरा एयरलाइन्सको ए–३२० एयरबस’ कुवेत ट्रान्जिट हुँदै आज शनिबार काठमाडौं ओर्लिनेछ ।
नेपाल सरकारले बेलायत भ्रमणका क्रममा भिसा म्याद समाप्त भएर रोकिएका, नेपालमा आफन्त गुमाएका, रोजगारी गुमाएर बिचल्ली परेका, अध्ययन पूरा गर्न असमर्थ र जागिरविहीन विद्यार्थी, तालिमका लागि आएका सरकारी कर्मचारी, सेना, परीक्षा दिन आएका चिकित्सक एवं पारिवारिक तथा अन्य जरुरी कामले फर्किनुपर्ने नेपालीका लागि विशेष उडान तय गरेको थियो । विमान भाडा ९ सय २० पाउन्ड तोकिए पनि ९४० पाउण्ड तिर्नपरेको थियो ।
लण्डनस्थित नेपाली राजदुताबासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरनकाअनुसार बेलायतमा संक्रमित र मृत्युदर घटिरहेको बेला नेपालमा भने बढिरहेको कारण अन्तिम समयमा धेरैजसोले नेपाल फर्कने विचार बदलेका हुन सक्छन्।
“अहिलेसम्म जरूरी हुने सबैले फर्किने अवसर पाएको र अब नियमित उडान सुचारु हुनुअघि थप चार्टर उडान हुँदैन”, आरनले भने, ‘नेपाल सरकारले राजदुताबासको पहलमा नेपालीहरुको उद्धार गर्नका लागि दुई चार्टर उडानमा १५८- १५८ गरि ३१६ जना यात्रु नेपाल लैजाने योजना बनाइएको थियो।’ उनकाअनुसार त्यतिले नपुगे तेस्रो चार्टर उडान पनि गर्ने सोच थियो।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित