लण्डन । कोरोना महामारीका कारण बेलायतमा अड्किएका नेपालीहरुलाई उद्धार गर्नका लागि नेपाल सरकारले चार्टर गरेको अन्तिम उडानमा आज ८३ जना यात्रु नेपालतर्फ प्रस्थान गरेका छन् ।
नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरनका अनुसार बेलायतबाट नेपाल जाने अन्तिम उडानमा ८३ जना यात्रु जजिरा एयरलाइन्समार्फत नेपालतर्फको उडान भरेका हुन् ।
दुताबासले दुई उडानमा १५८/१५८ जना यात्रु नेपाल लैजाने योजना बनाएकोमा त्यसको आधा मात्र यात्रु नेपाल गएका छन् । यद्यपि दुताबास तथा गैरआवासीय नेपाली संघ युकेले नेपाल जान चाहनेहरुको नामावली संकलन गर्दा करिब ४५० जनाले इच्छा जाहेर गरेका थिए ।
आज नेपाल प्रस्थान गर्ने नेपालीहरुलाई बिदाइका लागि लण्डन ग्याटविक एयरपोर्टमा दुताबासका उपनियोग प्रमुख शरदराज आरन र तृतीय सचिव तेजेन्द्र रेग्मी, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराई लगायत पुगेका थिए ।
सामान्यत चार्टर्ड उडानमा ८० प्रतिशत अकुपेन्सी हुनुपर्ने भए पनि करिब ५० प्रतिशतमै उडान भर्न जजिरा एयरलाइन्स राजी भएको छ । साथै अकुपेन्सी कम भएका कारण यात्रुहरुले टिकटका लागि बढी पैसा पनि तिर्नु परेन ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित