लण्डन । कोरोना महामारीका कारण बेलायतमा अड्किएका नेपालीहरुलाई उद्धार गर्नका लागि नेपाल सरकारले चार्टर गरेको अन्तिम उडानमा आज ८३ जना यात्रु नेपालतर्फ प्रस्थान गरेका छन् ।
नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरनका अनुसार बेलायतबाट नेपाल जाने अन्तिम उडानमा ८३ जना यात्रु जजिरा एयरलाइन्समार्फत नेपालतर्फको उडान भरेका हुन् ।
दुताबासले दुई उडानमा १५८/१५८ जना यात्रु नेपाल लैजाने योजना बनाएकोमा त्यसको आधा मात्र यात्रु नेपाल गएका छन् । यद्यपि दुताबास तथा गैरआवासीय नेपाली संघ युकेले नेपाल जान चाहनेहरुको नामावली संकलन गर्दा करिब ४५० जनाले इच्छा जाहेर गरेका थिए ।
आज नेपाल प्रस्थान गर्ने नेपालीहरुलाई बिदाइका लागि लण्डन ग्याटविक एयरपोर्टमा दुताबासका उपनियोग प्रमुख शरदराज आरन र तृतीय सचिव तेजेन्द्र रेग्मी, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराई लगायत पुगेका थिए ।
सामान्यत चार्टर्ड उडानमा ८० प्रतिशत अकुपेन्सी हुनुपर्ने भए पनि करिब ५० प्रतिशतमै उडान भर्न जजिरा एयरलाइन्स राजी भएको छ । साथै अकुपेन्सी कम भएका कारण यात्रुहरुले टिकटका लागि बढी पैसा पनि तिर्नु परेन ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश