एजेन्सी । डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडेरिक्सनले कोरोना भाइरसका बारेमा हुने बैठकमा भाग लिनका लागि आफ्नो विवाह नै स्थगित गरेकी छिन् ।
उनले बिहीबार इन्स्ट्याग्राममा अर्को महिना हुने युरोपियन काउन्सिल बैठकमा भाग लिन आफ्नो पूर्वघोषित विवाह स्थगित गरेको सूचना प्रेषित गरेकी हुन् ।
कोरोनाभाइरसको महामारीपछि पहिलोपटक युरोप क्षेत्रका राष्ट्र प्रमुखहरुको बैठक जुलाई १७ मा हुँदैछ । सो बैठकमा कोरोनापश्चात युरोपेली मुलुकहरु कसरी अगाडि बढ्ने भन्ने लगायतका विषयमा छलफल हुँदैछ ।
‘म उनीसित विवाह गर्ने प्रतीक्षामा थिएँ’ आफ्ना मंगेतर बो टेनबर्गलाई संकेत गर्दै उनले भनेकी छिन् । ‘तर हामीले योजना गरेको जुलाईको शनिबारकै दिन युरोपियन काउन्सिलको बैठक ब्रसेल्समा हुँदैछ । मैले मेरो जिम्मा पूरा गर्नैपर्छ र डेनमार्कको स्वार्थ रक्षा गर्नैपर्छ’ ।
डेनमार्कमा कोभिड १९ बाट १२ हजार ८३६ संक्रमित भएका थिए भने ६०३ जनाको निधन भएको थियो ।
फ्रेडेरिक्सन डेनमार्कको प्रधानमन्त्रीमा गतवर्ष निर्वाचित भएकी थिइन् । ४१ वर्षीय उनी डेनमार्कको इतिहासमा कम उमेरकी प्रधानमन्त्री हुन् । यसअघि पनि उनले दुईपटक आफ्नो विवाह स्थगित गरिसकेकी छिन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ