एजेन्सी । डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडेरिक्सनले कोरोना भाइरसका बारेमा हुने बैठकमा भाग लिनका लागि आफ्नो विवाह नै स्थगित गरेकी छिन् ।
उनले बिहीबार इन्स्ट्याग्राममा अर्को महिना हुने युरोपियन काउन्सिल बैठकमा भाग लिन आफ्नो पूर्वघोषित विवाह स्थगित गरेको सूचना प्रेषित गरेकी हुन् ।
कोरोनाभाइरसको महामारीपछि पहिलोपटक युरोप क्षेत्रका राष्ट्र प्रमुखहरुको बैठक जुलाई १७ मा हुँदैछ । सो बैठकमा कोरोनापश्चात युरोपेली मुलुकहरु कसरी अगाडि बढ्ने भन्ने लगायतका विषयमा छलफल हुँदैछ ।
‘म उनीसित विवाह गर्ने प्रतीक्षामा थिएँ’ आफ्ना मंगेतर बो टेनबर्गलाई संकेत गर्दै उनले भनेकी छिन् । ‘तर हामीले योजना गरेको जुलाईको शनिबारकै दिन युरोपियन काउन्सिलको बैठक ब्रसेल्समा हुँदैछ । मैले मेरो जिम्मा पूरा गर्नैपर्छ र डेनमार्कको स्वार्थ रक्षा गर्नैपर्छ’ ।
डेनमार्कमा कोभिड १९ बाट १२ हजार ८३६ संक्रमित भएका थिए भने ६०३ जनाको निधन भएको थियो ।
फ्रेडेरिक्सन डेनमार्कको प्रधानमन्त्रीमा गतवर्ष निर्वाचित भएकी थिइन् । ४१ वर्षीय उनी डेनमार्कको इतिहासमा कम उमेरकी प्रधानमन्त्री हुन् । यसअघि पनि उनले दुईपटक आफ्नो विवाह स्थगित गरिसकेकी छिन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित