लण्डन । बेलायतस्थित नेपाली दुतावासले कोरोनाको महामारीका कारण अलपत्र परेका नेपालीहरुको उद्धार गरी दोस्रो चार्टर फ्लाइटमार्फत स्वदेश फर्काउन लागेको छ । नेपाल सरकारले दुतावासको सहयोगमा गत बुधबार पहिलो चार्टर फ्लाइट गरेको थियो भने आज शुक्रबार दोस्रो पटक उडान भर्न लागेको हो । २६ जुनमा लण्डन ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो २:५० नेपाल उडान भर्नेछ ।
बेलायतस्थित ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबार १ सय ४६ जना नेपालीहरुले उडान भरी सुरक्षित नेपाल पुर्याएको थियो । बेलायतस्थित नेपाली दुताबासका प्रवक्ता शरदराज आरनले समयमै टिकट काट्न अलपत्र नेपालीहरुलाई आग्रह गरेका थिए । पहिलो चरणमा १ सय ५८ जनालाई नेपाल पठाउने भनिए पनि विमानस्थलमा १ सय ४६ जना मात्र पुगेका थिए ।
पहिलो चार्टर फ्लाईटमा नेपालीहरुलाई विदाई गर्न संयुक्त अधिराज्य बेलायतको लन्डनस्थित नेपाली राजदूत डा। दुर्गावहादुर सुवेदी, प्रवक्ता आरन, दुतावासका कर्मचारीहरु, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, पूर्वउपाध्यक्ष शेर सुनारलगायतका सामाजिक अगुवाहरु लण्डन ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
नेपाली दुताबास तथा गैरआवासीय नेपाली संघमार्फत करिब ४ सय ५० नेपालीहरुले नेपाल फर्कन इच्छा व्यक्त गरेका थिए । तर पछिल्लो समयमा भने एकतिहाइले नेपाल फर्कने मनसाय त्यागेका छन् । एकतर्फी टिकटको मूल्य अत्यधिक भएका कारण कतिपय व्यक्तिहरुले अन्तिम समयमा आएर टिकट काटेका थिएनन् । बेलायतबाट नेपाल जाने टिकटको ९ सय २० पाउण्ड भाडा दर तोकिए पनि ९ सय ४५ पाउण्ड लिएको कतिपय यात्रुले बुधबार विमानस्थलमा गुनासो गरे । यसरी जजिरा एयरवेज मार्फत नेपाल जानेहरुले सरकारले तोकेको क्वारेन्टीनमा बस्नु पर्नेछ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने