लण्डन । बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस प्राप्त गर्ने प्रथम गोर्खा सैनिक कुलवीर थापामगरको बेलायतको अल्डरसटस्थित प्रिन्सेस पार्कमा बनाउन लागिएको शालिकका लागि नेपाली समुदायबाट १ लाख पाउण्डभन्दा बढीको प्रतिवद्धता व्यक्त भएको छ ।
शालिक निर्माणका लागि गठित समितिका प्रवक्ता ओमप्रसाद थापाका अनुसार बिहीबार बिहानसम्ममा ८९ जना दाता व्यक्ति वा संघ संस्थाबाट जनही १ हजार पाउण्डभन्दा बढीको प्रतिवद्धता प्राप्त भइसकेको छ ।
समितिले १ हजार पाउण्डभन्दा बढी चन्दा दिने १२५ जना दाताको नाम शालिकसँगै शिलालेखमा अंकित गर्ने घोषणा गरेकोमा अब ३७ जना व्यक्ति वा संस्थाको मात्र नाम टङ्कन गर्न सकिने उनले जानकारी दिए । ‘प्रथम भिसीको सालिकका लागि प्राप्त हुने सहयोग अस्वीकार गर्दैनौँ तर शिलालेखमा १२५ वटाभन्दा बढी स्थान दिन असमर्थ छौँ’ उनले भने ।
१२५ स्थानमा अब बाँकी स्थान पहिले आउनेलाई प्राथमिकताका आधारमा दिइने उनले बताए ।
शालिक निर्माणको लागि १ लाख २५ हजार पाउण्ड लाग्ने पूर्वानुमान गरिएको छ । जसमा आधा रकम शालिक बनाउनका लागि लाग्ने छ ।
प्रक्षेपण गरिएभन्दा बढी सहयोग उठेको खण्डमा के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा थापाले गोरखा वेलफेयर ट्रष्ट र स्थानिय च्यारिटीलाई दिने बताए ।
शालिक निर्माणमा स्थानीय रसमुर काउन्सिलले स्थान तथा मर्मतसम्भारको जिम्मा लिएको छ भने ग्रेटर रसमुर नेपाली कम्युनिटीमार्फत नेपाली समुदायले शालिक निर्माण र प्रतिस्थापनवापत लाग्ने खर्चको जिम्मा लिएका छन् ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै