लण्डन । कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि बेलायतमा होटल, रेष्टुराँहरु खुल्न लागेका छन् । यसैगरी सरकारले सामाजिक दुरीलाई पनि घटाएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आज संसदमा बोल्दै रेष्टुराँ, होटल, पब, कपाल काट्ने सैलुन, म्यूजिम, ग्यालरीहरु जुलाई ४ तारिखदेखि खोल्ने घोषणा गरे । यस्तै, पुस्तकालयहरु, मन्दिर, मस्जिद, चर्च लगायतका प्रार्थना स्थलहरु, क्यान्टिनहरु जुलाई ४ बाट खुल्ने उनले बताए । उनले सम्भव भएको ठाउँमा २ मिटर र सम्भव नभएको ठाउँमा सामाजिक दुरी १ मिटर कायम गरे पुग्ने बताएका छन् । तर त्यस्तो अवस्थामा अनिवार्यरुपमा मास्क लगाउनु पर्ने उनले प्रष्ट पारे । तर स्कटल्याण्ड तथा वेल्समा भने तत्कालका लागि सामाजिक दुरी २ मिटर नै रहने बताइएको छ ।
यसैगरी जुलाई ४ देखि दुई परिवार भेट्न र बास बस्न सक्ने तर सामाजिक दुरी कायम गर्ने पर्ने पनि बताए ।
उनले यी निर्णयहरु परिस्थिति हेरी फिर्ता गर्न सकिने पनि बताएका छन् ।
यस्तै होलिडे पार्क, बेड एण्ड ब्रेकफास्ट, क्याराभानहरु पनि जुलाई ४ देखि खुल्न सक्ने बताइएको छ । रेष्टुरेन्टहरुले ग्राहकको नाम र सम्पर्क लिनपर्ने बताइएको छ । यसबाट कन्ट्रयाक्ट ट्रयासिङमा मद्दत पुग्ने बताइएको छ । यस्तै थियटर र संगीत हलहरुलाई पनि जुलाई ४ देखि खोल्न दिइएको छ तर लाइभ भने गर्न पाइने छैन ।
यसैगरी जुलाई ४ पछि हुने विवाहमा ३० जनासम्म पाहुना लैजान पाइने छ ।
सरकारले नाइट क्लव, क्यासिनो, बलिङ, इन्डोर स्केटिङ, स्पा, नेल बार, ब्युटी सैलुन, मसाज, ट्याटु, पियर्सिङ पार्लरहरु, जीमलगायत फिटनेस सेन्टरहरु, स्वीमिङ पुल,वाटर पार्क, प्रदर्शनी केन्द्रहरुलाई भने अझै खुल्न दिइएको छैन ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश