लण्डन । गैरकानूनी रुपमा बेलायत बसोबास गरिरहेका १५ जना नेपालीहरु बेलायतबाट भोलि बुधबार चार्टर फ्लाईटमार्फत नेपाल जान लागेका छन् ।
जजिरा एयरवेजमार्फत बुधबार नेपाल जाने १ सय ५८ जना मध्ये १५ जना गैरकानूनी रुपमा बेलायत बसोबास गर्दै आएका व्यक्तिहरु भएको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको हो । गैरकानूनी रुपमा बेलायत बसोबास गर्ने नेपालीहरुको नाम भने गोप्य राखिएको प्रवक्ता शरदराज आरनले बताए ।
गैरकानूनी रुपमा बेलायत बसोवास गरिरहेका नेपालीहरुले आफ्नो समस्या दुतावासमा बताएपछि दुतावासले कोरोना चेकजाँच गराउनु पर्ने स्वास्थ्य निर्देशिकालाई समेत परिमार्जन गरेको छ ।
‘गैरकानूनी रुपमा बेलायत बसिरहेका १५ जनाले यहाँ स्वास्थ्य चेकजाँच गर्दा अध्यागमन र प्रहरी समात्ने सम्भावना भएकाले विना स्वास्थ्य परीक्षण नेपाल जान पाउनु पर्याे भनेर समस्या राख्नु भयो,’ दुतावासका प्रवक्ता शरदराज आरन भने, ‘यहाँको कानुनअनुसार उहाँहरुले राखेको व्यावहारिक समस्या समाधान गर्न पिसिआर/आरडिटि टेस्ट नेगेटिभ अनिवार्य चाहिने नेपाल सरकारको स्वास्थ्य निर्देशिकालाई परिमार्जन गरेका छौं ।’
उनका अनुसार एयरवेजसंग यसबारेमा छलफल हुँदा टेष्ट बिना नै उनीहरुलाई लैजानमा समस्या नरहेको बताएका छन् । दुतावासले यसरी नेपाल जाने सबै यात्रुको नेपालमा पुन: स्वास्थ्य परीक्षण हुने दाबी गरेको छ ।
तर, सरकारले बेलायतबाट नेपाल जाने नेपालीहरुका लागि जारी गरेको जरुरी सूचनाको बुँदा नम्बर २ मा “चार्टर फ्लाइटका लागि यात्राहरुले पिसिआर वा आरडिटी टेस्ट नेगेटिभ वा कोभिड-१९ को लक्षण नभएको स्वास्थ्यकर्मीबाट प्रमाणित गरेको प्रमाण प्राप्त गरेको हुनुपर्ने” उल्लेख छ ।
बुधबारको चार्टर फ्लाइटमा १५ जना कागजबिहीन व्यक्तिहरुसहित, विद्यार्थीहरु, डाक्टरहरु, नेपालमा आफ्ना मानिस गुमाएर जाने व्यक्तिहरुलगायत १ सय ५८ जना रहने बताइएको छ । १ सय ५८ सिट क्षमताको सो एयरलाइन्समा १ सय ८० जनालाई टिकट लिन भनिएको थियो । अहिले सम्म कति जनाले टिकट लिएका छन भन्ने बारेमा बेलायतस्थित ट्राभल्सका प्रतिनिधि जीवन सेनले अनभिज्ञता प्रकट गरे ।
सरकारले आगामी २४ र २६ जुनमा बेलायतबाट नेपाल उडान भर्न चार्टर फ्लाइट गर्न लागेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयले छानेको ट्राभल्स एजेन्सीले बेलायतबाट नेपाल जाने एकतर्फी टिकटको ९ सय २० पाउण्ड तोकेको छ । बेलायतबाट नेपाल उडान भर्ने जिम्मा पाएको जजिरा एयरवेजको टिकेटिङको जिम्मा पाएको सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसेजले २४ र २६ जुनमा लण्डन ग्याटविकबाट दिउँसो २:५० नेपाल उडान गर्ने सूचना जारी गरिसकेको छ । यसरी नेपाल जानेहरुले नेपालमा सरकारले तोकेको क्वारेन्टीनमा बस्नु पर्ने छ ।
हेरौं सूचना :
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो