लण्डन । आसफोर्ड केन्टस्थित सगरमाथा गोर्खा नेपलिज कम्युनिटीले स्थानीय इष्ट केन्ट विलियम हार्भे अस्पताललाई सहयोग गरेको छ ।
कोरोनाको महामारीमा बेलामा आफ्नो ज्यानको बाजी लगाएर उपचारमा खट्नु हुने राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारीहरुलाई प्रोत्साहन मिलोस् भनेर समाजले आफ्ना सदस्यहरुबाट संकलित ६ हजार १२९ पाउण्ड ६ पेन्स सहयोग आज हस्तान्तरण गरेको हो ।
कम्युनिटीका अध्यक्ष चक्रबहादुर राईले एक कार्यक्रमका बीच इष्ट केन्ट हस्पिटल्स युनिभर्सिटी एनएचएस फाउण्डेसन ट्रष्टका प्रमुख कार्यकारी सुसन आकोटलाई सो रकम हस्तान्तरण गरे । अध्यक्ष राईले महामारीको असाध्यै अफ्ठेरो बेलाा पनि विलियम हार्भे अस्पतालका कर्मचारीहरुले देखाएको सेवाका लागि धन्यवाद दिए ।
नेपाली समुदायका सदस्यहरु अस्पतालका विभिन्न सेवामा रहेको र उनीहरुले यस्तो विपत्तिको बेलामा उनीहरुले पुर्याएको योगदानका कारण आफूलाई गौरव लागेको उनले बताए । सहयोग हस्तान्तरण समारोह आयोजना गर्नमा सहयोग पुर्याएकोमा डा. प्रदीप बस्नेतलाई समेत उनले धन्यवाद दिए ।
समाजले सहयोग संकलनका लागि उपाध्यक्ष डम्बर सिंगकको संयोजकत्वमा सचिव रामप्रसाद लिम्बु, कोषाध्यक्ष मोहन लिम्बु, सदस्यहरुमा पोपीराज राई, श्रीमती बसुन्धरा राई, जीव पाण्डे, शिखर लिम्बु रहेको समिति गठन गरिएको थियो ।
अध्यक्ष राईले आस्फोर्ड बप्टिष्ट चर्च नेपलिज फेलोसिप बसिमाया लिम्बु, आमाबुबा लिमिटेड, एभरेष्ट इनका जीव पाण्डे लगायत सबैलाई धन्यवाद दिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते