
लण्डन । नेपाल सरकारले बेलायतबाट स्वदेश फर्काउने नेपालीहरुको बारेमा नामावली बुझाएको १० दिन बितिसक्दा पनि फिर्ता गरिने मिति तय गर्न सकेको छैन ।
लण्डनस्थित नेपाली दुतावासले १० दिनअघि नेपाल फर्कन चाहने ४ सय भन्दा बढी नेपालीहरुको तथ्यांक नेपाल सरकारलाई उपलव्ध गराएको थियो । तर नेपाल सरकारले अहिलेसम्म नेपाल फर्कने मिति तोक्न नसक्दा नेपाल फर्किन चाहने व्यक्तिहरु अन्योलमा परेका छन् ।
‘हामीले १० दिन अघि नेपाल सरकारले सबै बिवरण उपलव्ध गराइसकेका छौं,’ दुतावासका प्रवक्ता शरदराज आरनले भने ।
नेपाल सरकारले ६७ उडानमार्फत विदेशमा रहेका नेपालीको उद्धार गर्न सुरु गरेपनि बेलायतका नेपालीहरु फर्काउने मिति भने तोक्न सकेको छैन । बेलायतबाट हवाईजहाज उडाउने मिति तय गर्नुपर्ने पर्यटन मन्त्रालयले निर्णय गर्न ढिलाई गरेको स्रोतले बतायो ।
‘हवाईजहाजको समयतालिका आए पनि पिसीआर चेकजाँचलगायत तयारीका लागि यात्रुहरुलाई कम्तीमा एक साता लाग्ने भएकाले चाँडै उडान मिति तोक्न हामीले पर्यटन मन्त्रालयसँग निरन्तर सम्पर्क गरिरहका छौं,’ प्रवक्ता आरनले भने , ‘अब सबै निर्णय नेपाल सरकार पर्यटन मन्त्रालयको हातमा छ ।’
स्रोतका अनुसार बेलायतबाट नेपालीको उद्धारका लागि टर्किस र जजिरा एयरलाइन्सलाई अनुमति दिने स्रोतले दाबी गरेको छ । नेपाली एयरलाइन्सहरु युरोपमा कालो सूचीमा परेकाले विदेशी एयरलाइन्सले उडान भर्ने निश्चित छ ।
नेपाल फर्कन चाहनेहरुमा १ सय ५४ जना भिसा समाप्त भई लामो समयदेखि रोकिइरहेका र यही महिना भिसा समाप्त हुनेहरु छन् । यस्तै ९६ जना रोजगारी गुमाई बिचल्लीमा परेका छन् । दुताबासका अनुसार अध्ययनका लागि बेलायत आई अध्ययन पूरा गर्न नसकेका र अध्ययन पूरा गरी रोजगारी नपाएका ५० जनाले नेपाल फर्कन इच्छा जाहेर गरेका छन् ।
नेपाल जान चाहनेहरुमा तालिमका लागि बेलायत आएका पाँच जना नेपाली सेनाका अधिकृत तथा कर्मचारीहरु, परीक्षा र तालिममा बेलायत आएका २१ जना चिकित्सकहरु छन् । पारिवारिक तथा अन्य कारणले नेपाल फर्कन चाहनेहरुको संख्या ६५ रहेको छ ।
यसैगरी, बेलायतका बाहेक माल्टामा रोजगारी गुमाएका ५ जना र केमन आइल्याण्डमा बेरोजगार भएका ५६ जनालाई पनि तत्काल नेपाल फर्काइनुपर्नेको सूचीमा समावेस छन् ।
सरकारले गत ३२ जेठ आइतबारदेखि ११ असारसम्म विदेशमा रहेका नेपालीको उद्धार गर्ने जनाएको छ । पर्यटन मन्त्रालय सोहीअनुसार पहिलो चरणको उद्धारका लागि उडानको तालिका तयार पारेको हो । सो अनुसार खाडी मुलुकहरु र अमेरिकाबाट समेत उद्धार गर्ने समय तालिका सार्वजनिक भैसकेको छ । तर पनि बेलायतको बारेमा अहिलेसम्म केही जवाफ आएको छैन । बेलायतबाट नेपाल जानेका लागि करीव १ हजार ३ सय ५० भाडा तोकिएको बताइन्छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]