लण्डन । कोरोना भाइरस विरुद्धको खोप अक्टोबरसम्ममा बजारमा उपलब्ध हुने भएको छ ।
अक्सफोर्ड विश्वविद्यालय, बेलायत सरकार र ओैषधि निर्माता कम्पनी आष्ट्राजेन्काले संयुक्त रुपमा परीक्षण गरिरहेको खोप ‘एजेडडीवानटुटुटु’ योजनामुताबिक अघि बढेमा अक्टोबरसम्ममा बजारमा आउने भएको हो ।
आष्ट्रजेन्काका प्रमुख कार्यकारी अधिकृत पास्कल सोरीअटले सबैकुरा योजना गरेअनुसार भैदिएमा आफूहरु अक्टोबरबाट खोप बजारमा उपब्ध गराउन तयार रहेको बताएका छन् ।
एक बेल्जियन रेडियोसितको अन्तरवार्ताका क्रममा उनले अहिले सो खोपको अन्तिम चरणको परीक्षण चलिरहेको र अगष्ट / सेप्टेम्बरसम्ममा सोको नतीजा आइसक्ने बताएका छन् । खोप उत्पादन गर्नुअघिको यस अन्तिम चरणमा खासगरी खोपको प्रभावकारिता र सुरक्षाका बारेमा परीक्षण गरिन्छ ।
अहिले सो खोपको तेस्रो चरणको परीक्षण बेलायत, अमेरिका र ब्राजिलमा चलिरहेको छ ।
सो खोपको प्रभावकारिताका बारेमा चर्चा गर्दै उनले सो खोप लगाएपछि कम्तीमा एकवर्ष भाइरसबाट सुरक्षित राख्नसक्ने बताए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते