लण्डन । कोरोना भाइरस विरुद्धको खोप अक्टोबरसम्ममा बजारमा उपलब्ध हुने भएको छ ।
अक्सफोर्ड विश्वविद्यालय, बेलायत सरकार र ओैषधि निर्माता कम्पनी आष्ट्राजेन्काले संयुक्त रुपमा परीक्षण गरिरहेको खोप ‘एजेडडीवानटुटुटु’ योजनामुताबिक अघि बढेमा अक्टोबरसम्ममा बजारमा आउने भएको हो ।
आष्ट्रजेन्काका प्रमुख कार्यकारी अधिकृत पास्कल सोरीअटले सबैकुरा योजना गरेअनुसार भैदिएमा आफूहरु अक्टोबरबाट खोप बजारमा उपब्ध गराउन तयार रहेको बताएका छन् ।
एक बेल्जियन रेडियोसितको अन्तरवार्ताका क्रममा उनले अहिले सो खोपको अन्तिम चरणको परीक्षण चलिरहेको र अगष्ट / सेप्टेम्बरसम्ममा सोको नतीजा आइसक्ने बताएका छन् । खोप उत्पादन गर्नुअघिको यस अन्तिम चरणमा खासगरी खोपको प्रभावकारिता र सुरक्षाका बारेमा परीक्षण गरिन्छ ।
अहिले सो खोपको तेस्रो चरणको परीक्षण बेलायत, अमेरिका र ब्राजिलमा चलिरहेको छ ।
सो खोपको प्रभावकारिताका बारेमा चर्चा गर्दै उनले सो खोप लगाएपछि कम्तीमा एकवर्ष भाइरसबाट सुरक्षित राख्नसक्ने बताए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने