लण्डन । तमूधिं यूकेले कोरोना (कोभिड -१९)को संक्रमणबाट प्रभावित नेपाली समुदायहरुमा १३ लाख ३६ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।
नेपालको गण्डकी प्रदेशमा रहेका कोरोना प्रभावित व्यक्तिहरुलाई सो आर्थिक सहयोग वितरण गरेको अध्यक्ष नन्दजंग गुरुङले बताए । समाजसेवी तथा सामाजिक अभियन्ताहरु पूर्वमेजरद्वय लक्ष्मीप्रसाद गुरुङ तथा डमर घले र एनआरएनए तथा तमुधिँ यूकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङको सकृय संयोजनमा शनिवार पोखरामा राहत वितरण गरिएको छ ।
तमूधिं यूकेले गण्डकी प्रदेश मूख्यमन्त्री राहत कोषमा ५ लाख रुपैयाँ, एन९५ माक्सका लागि २ लाख ६ हजार, स्वास्थ्यकर्मीलाई पिपिईका लागि १ लाख ५० हजार, गण्डकी प्रदेशका पत्रकारका जीवन विमाका लागि १ लाख ८० हजार, तमू कलाकारलाई १ लाख रुपैयाँलगायतका राहत वितरण गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
उनकाअनुसार त्यसबाहेक यूकेस्थित फ्रिम्ली पार्क अस्पतालस्थित नेल्सनल हेल्थ सर्भिस (एनएचएस)लाई १ हजार पाउण्ड हस्तान्तरण गरिएको थियो । अध्यक्ष गुरुङकाअनुसार कोरोना महामारीमा स्वास्थ्यकर्मी कार्यलाई सम्मान गर्दै ऐक्यवद्धता जनाइएको हो । त्यस्तै, एनआरएनए यूकेलाई १ हजार ४०१ पाउण्ड कोरोना प्रभावितका लागि आर्थिक सहयोग गरेको छ ।
गुरुङहरुको जातीय संस्थाका रुपमा रहेको तमूधिं यूकेले बेलायतस्थित नेपालीहरुलाई साँस्कृतिक माध्यमबाट जोड्दै आएको छ । करीब एक लाखको संख्यामा रहेका नेपालीलाई एकै ठाउँमा जम्मा गरी सास्कृतिक आदान प्रदानका लागि नेपाली मेला र गोर्खा कप जस्ता कार्यक्रम हरेक वर्ष गर्दै आएको छ । कोरोनाका कारण यस वर्षको गोर्खा कप स्थगित भएको थियो । नेपाली मेला पनि बेलायत सरकारको स्वास्थ्य गाइडलाइन अनुसार स्थगित गर्नुपर्ने बाध्यता छ ।
मानवीय कार्यमा हामी समुदायसँगै छौ : तमू धिं यूके अध्यक्ष नन्दजंग गुरुङ

कोभिड-१९ को महामारीबाट नेपाली समुदायलाई बचाउन तमू धिं यूकेको भूमिका कस्तो रह्यो ?
कोरोना संक्रमणबाट नेपाली समुदायलाई जोगाउनु पर्छ भनेर हामीले सचेतना जगाउने काम गरेका थियौं । जो हाम्रा सदस्यहरु पनि हुनुहुन्छ उहाँहरु अलि बृद्धबृद्धाहरु भएकाले बेलायत सरकारको नीति निर्देशन बमोजिम घरमा बस्न आग्रह गर्यौ । तमू धिंका साथीहरुले स्वयंसेवीका रुपमा एक अर्कालाई सहयोग गरिरहनु भएको छ । यो क्रम अहिले पनि जारी छ ।हाम्रा साथीहरुले यो महामारीमा हार्दिकताका यो चन्दा संकलनमा सहयोग गर्नु भएको छ । म उहाँहरुलाई धन्यवाद पनि दिन चाहन्छु ।
तमू धिं यूकेले राहत वितरण कार्य गरेको छ, छैन ?
हामी सामाजिक संस्था भएकाले समुदायलाई सेवा गर्नु नै हाम्रो पहिलो कर्तव्य हो । हामीले साथीभाईहरुबीच आर्थिक संकलन गर्याैं । अनि एनआरएनए यूकेलाई १हजार ४०१ पाउण्ड आर्थिक सहयोग दियौं । एनएचएसको कामप्रति ऐक्यवद्धता जनाउँदै १ हजार पाउण्ड हस्तान्तरण गरेका छौं । यसबाहेक तमु धिं कै तर्फबाट स्थानीय तहमा सहयोग आदान प्रदान जारी राखेका छौं ।
कोरोना संक्रमितको संख्या दिनानूदिन नेपालमा पनि बढिरहेको छ । यस्तो अवस्थामा नेपालमा सहयोग गर्नु हुन्छ ?
हाम्रो जन्मभूमिप्रति सधैं सम्मान छ । उहाँहरुको दुःख हाम्रो पनि दुःख हो । बेलायतमा सरकारले आफ्ना जनतालाई सहयोग गरिरहेको छ । नेपालीमा दैनिक काम गरेर खाने जनताहरु भोकभोकै परेको खबरले हामीलाई राम्रोसँग निद्रा समेत लागेन । त्यसैले साथीहरुबीच सल्लाह गरेर असहायहरुलाई दैनिक खानाका लागि ३ लाख ५० हजार पठाएका छौं ।
बेलायतमा एनएचएसलाई सहयोग गर्दा नेपालका स्वास्थ्यकर्मीलाई पनि सहयोग गर्नु भयो कि ?
हामीले गण्डकी प्रदेश अन्तर्गतका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि १ लाख ५० हजारको पिपिई, २ लाख ५ हजारको एन९५ माक्स, गण्डकी प्रदेशका मूख्यमन्त्रीको राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छौं । त्यसबाहेक तमू कलाकारका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छौं ।
कोरोनाको समाचार संकलन गर्ने पत्रकारहरुको लागि पनि राहतको व्यवस्था गर्नु भएको छ कि ?
गण्डकी प्रदेशका पत्रकारलाई पनि हामीले पहिलो पटक महामारीबाट सुरक्षित महशुस होस भनेर जीवन वीमाको व्यवस्था गरेका छौं । त्यसका लागि एक लाख ८० हजार छुट्याएका छौं ।अन्य प्रदेशमा पनि यसले सकारात्मक प्रभाव पार्छ भन्ने हामीलाई विश्वास छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]