लण्डन । बेलायतबाट नेपाल फर्कनका लागि ३९१ जनाले इच्छा जाहेर गरेका छन् ।
उनीहरुको नामावली आज दुताबासले परराष्ट्र मन्त्रालयलाई पठाएको दुताबासका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।
यसरी नाम दिनेहरुमा १५४ जना भिसा समाप्त भई लामो समयदेखि रोकिइरहेका र यही महिना भिसा समाप्त हुनेहरु छन् । यस्तै ९६ जना रोजगारी गुमाई बिचल्लीमा परेका छन् ।
दुताबासका अनुसार अध्ययनका लागि बेलायत आई अध्ययन पूरा गर्न नसकेका र अध्ययन पूरा गरी रोजगारी नपाएका ५० जनाले नेपाल फर्कन इच्छा जाहेर गरेका छन् ।
यसैगरी, तालिमका लागि बेलायत आएका पाँच जना नेपाली सेनाका अधिकृत तथा कर्मचारीहरु पनि सो सूचीमा छन् । साथै, परीक्षा र तालिममा बेलायत आएका २१ जना चिकित्सक पनि नेपाल फर्कनेहरुको पंक्तिमा छन् ।
पारिवारिक तथा अन्य कारणले नेपाल फर्कन चाहनेहरुको संख्या ६५ रहेको छ ।
यसैगरी बेलायतका ३९१ जनाबाहेक माल्टामा रोजगारी गुमाएका ५ जना र केमन आइल्याण्डमा बेरोजगार भएका ५६ जनालाई पनि तत्काल नेपाल फर्काइनुपर्नेको सूचीमा राखिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने