लन्डन । लन्डनस्थित नेपाली भाषा तथा सांस्कृतिक केन्द्र बन्टओकले बेलायतभरका बालबालिकालाई समेट्न अनलाइन गुगल कक्षा संचालन द्ई साता अघिदेखि सुरु गरेको छ । डायस्पोराका बालबालिकालाई अनलाइन मार्फत नेपाली भाषा र सस्कृति सिकाउन अनलाईन कक्षा सुरु गरेको केन्द्रका अध्यक्ष सुमन प्रधानले जानकारी दिएका हुन । अध्यक्ष प्रधानका अनुसार गुगल कक्षामार्फत संसारभर जोड्न सकिने भएकाले यसैलाई अघि बढाइने छ । ‘बेलायतमै जन्मिएका नेपाली बालबालिकाले नेपाला भाषा र सस्कृति भन्ने हाम्रो ध्येय हो’, प्रधानले भने । कोरोना संक्रमणका कारण गत मार्च तेस्रो साता बेलायत लकडाउन परेपछि अचानक केन्द्रले स्थानीय बालबालिकाका लागि हरेक शनिवार संचालन गर्दै आएको नेपाली कक्षा संकटमा परेको थियो ।
‘अभिभावकहरुवीच व्यापक छलफल पछि नयाँ पुस्तालाई नेपाली भाषा र सस्कृतिसँग जोडिरहन अनलाईन कक्षा संचालनको निर्णयमा पुगेको हौं,’ केन्द्रका अध्यक्ष प्रधानले भने । उनका अनुसार कक्षा संचालन अघि अभिभावकहरुले आर्थिक सहयोग जुटाएर पनि बालबालिकालाई नेपाली भाषामा जोडिरहनु पर्नेमा जोड दिएपछि अनलाइनको कन्सेप्ट अघि बढेको छ । केन्द्र च्यारिटेवल संस्था भएकाले गुगलले कक्षा संचालनका लागि निःशुल्क पहुंच दिएको छ ।
कोरोनाका कारण अनिश्चितकाल स्थानीय भएको शनिवारका कक्षा संचालनमा आएपनि अनलाईन कक्षालाई निरन्तरता दिने पक्षमा केन्द्र रहेको छ । ‘हामीले अनललाईन कक्षा मार्फत संसारभरका बालबालिकालाई नेपाली भाषा र सस्कृति सिकाउने छौं भने स्थानीय बालबालिकालाई भौतिक रुपमा भेटघाट गरेरै सिकाउने छांै’, प्रधानले भने, ‘हामीले कक्षा संचालनका लागि स्यायी रुपमा कक्षा उपलव्ध गराउन बन्टओक काउन्सिलमा निरन्तरत प्रायस गरिरहेका छौं । मलाई विश्वास छ, त्यो काममा हामीलाई सफलता मिल्नेछ ।’
बालबालिकाले हरेक शनिवार १० देखि १२ बजेसम्म अनलाइन कक्षा लिइरहेका छन । समूहगत रुपमा दुई वा तीन समूह बनाएर अनलाईन कक्षा संचालन भैरहेका छन । जसमा नयाँ विद्यार्थी र पुराना विद्यार्थीहरुको छुट्टाछुट्टै समूह छ । राज्य डंगोल मूख्य शिक्षिका रहेको कक्षामा करीव २५ जना बालबालिका कक्षामा सकृय रुपमा सहभागी छन । शिक्षिका डंगोललाई वसन्त सिलवाल र भोला पनेरुले सहयोग गरिरहेका छन । भाषा बाहेक नेपाली संगीतमा उमेश खड्काले प्रशिक्षण दिने गरेका छन । कक्षा सुरु हुनुअघि शुम्भु आचार्यले योगा समेत सिकाइ रहेका छन । केन्द्रले सन् २०१६ देखि बालबालिकालाई निरन्तर नेपाली भाषा कक्षा चलाइरहेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा