लण्डन । विश्वभर कोभिड–१९ ले सिर्जना गरेको डर, चिन्ता र भयलाई सकारात्मक सोचले हटाउन सक्ने मनोक्रान्तिका संस्थापक डा. योगी बिकाशानन्दले बताएका छन् । आइतबार ६ जुनका दिन अल्डरसट इम्पावरमेन्ट ग्रुप युकेले आयोजना गरेको ‘लाईव वेलनेस’ कार्यक्रममा डा. योगीले, नकारात्मक सोचले डर पैदा गराउने बताउदै, डर पैदा भएमा मुन्टो र आँखा माथि गर्ने, स्वासक्रियालाई विस्तारै तान्ने र विस्तारै छाड्नु पर्नेमा जोड दिए ।
त्यस्तै, उनले ताजा तरकारी,फलफूल, हर्बल टी सेवन गर्ने र दिनमा दुई छाक मात्रै खाना खानु पर्नेमा समेत जोड दिए । साथै, उनले योगासनमा सूर्य नमस्कार र अगाडि झुकेर गर्ने आशनहरुले मस्तिष्कलाई फाईदा पुग्नुका साथै सकारात्मक सोचको बिकास गर्ने विश्वास व्यक्त गरे । जुम प्रविधि अन्तर्गत करीब ५० जनामा उपस्थिति रहेको उक्त भर्चुअल कार्यक्रममा डा. योगीले अहिलेको कोभिड–१९ को अवस्थामा रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुपर्ने सुझाव दिदै दिनमा ७ देखि ९ घण्टा सुत्ने र कम्तिमा १० मिनेट घाम ताप्न समेत आग्रह गरे । त्यस्तै, उनले नियमित रुपमा योग, ध्यान, प्राणायम गर्नुका साथसाथै बालवच्चाहरुले गर्ने व्यवहार गर्नुपर्ने सुझाव दिए ।
एनआरएनए युकेको सहकार्यमा आयोजित कार्यक्रममा अल्डरसट इम्पावरमेन्ट ग्रुपका संयोजक मान गुरुङ र मनोक्रान्तिका प्रवर्तक नगेन्द्र राज नेम्बाङ्गले डा योगी लगायत सबै सहभागीहरुलाई धन्यवाद दिए । एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ लगायत बेलायतवासी नेपालीहरुको सहभागीता रहेको उक्त भर्चुअल कार्यक्रममा सहभागीहरुले विभिन्न सुझावहरु समेत दिएका थिए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश