लण्डन । बेलायतको मिनी नेपाल मानिने अल्डरसटमा बन्न लागेको प्रथम भिक्टोरिया क्रस (भीसी) विजेता गोरखा सैनिक कुलवीर थापामगरको शालिक निर्माणको लागि नेपाली समुदायबाट ६४ हजार पाउण्डको प्रतिवद्धता व्यक्त भएको छ ।
गोरखा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाका अनुसार शालिक निर्माणका लागि करिब १ लाख २५ हजार पाउण्ड लागत लाग्ने अनुमान गरिएकोमा छोटो समयमै आधा रकमको प्रतिवद्धता प्राप्त भएको छ ।
नेपाल–बेलायत सम्बन्धको सेतुका रुपमा रहेका गोरखाहरुको योगदानका बारेमा बेलायतका नेपालीको आगामी पुस्तालाई जानकारी दिन प्रतीकस्वरुप सो शालिक निर्माण गर्न लागिएको थापाले बताए ।
शालिक राख्नका लागि स्थानीय ग्रेटर रसमुर नेपलिज कम्युनिटीले सन् २०१५ देखि काउन्सिलसित अनुरोध गर्दै आएकोमा रसमुर काउन्सिलले अनुमति दिएको छ । काउन्सिलले अल्डरसट हाइस्ट्रिटको प्रिन्सेस गार्डेनमा सो शालिक राख्ने अनुमति दिएको हो ।
काउन्सिलले सो क्षेत्रको सुरक्षाका साथसाथै शालिकको मर्मतसम्भार र हरेक वर्ष परेडसमेत आयोजना गर्ने आस्वासन दिएको थापाले जानकारी दिए । तर शालिक बनाउन लाग्ने खर्च भने बेलायतका नेपाली समुदायबाटै उठाइने उनले बताए । “यो बेलायतबासी नेपालीहरुको लागि गौरवको योजना हो । त्यसैले नेपालीहरुबाटै बाँकी पैसा उठ्ने पूर्ण विश्वास छ ।”
गत फेब्रुअरीदेखि मात्र काम शुरु गरेको प्रोजेक्टले कोरोनाको महामारीकै बीच करिब २५ हजार पाउण्ड संकलन गरिसकेको छ । १ हजार पाउण्डभन्दा माथि चन्दा दिनेहरुको नाम शालिकसँगैको शिलालेखमा राखिने भएपछि यस्तो ऐतिहासिक काममा सरिक हुन नेपाली संघसंस्था र समाजसेवी व्यवसायीहरुले जागरुकता देखाएका छन् । प्रोजेक्टले एकैपटक चन्दा दिन असमर्थहरुका लागि छ महिनामा किस्ता गरेर तिर्न सकिने पनि बताएको छ ।
प्रोजेक्टको मुख्य कार्यका रुपमा रहेको मूर्ति निर्माणका लागि आर्ट काउन्सिलबाट स्वीकृति मिलिसकेको छ भने प्रतिष्ठित कलाकार एमी गुडम्यानले भिसी कुलवीर थापाको मूर्ति बनाउने जिम्मा पाएकी छिन् । उनले बनाएका मूर्तिहरु विभिन्न स्थानमा प्रतिस्थापन भइसकेका छन् भने उनको कलाको प्रदर्शनी पनि भइसकेको छ । पूर्ण कदको मूर्ति बनाउन करिब ६६ हजार पाउण्ड लाग्ने बताइएको छ ।
प्रशस्त चन्दा संकलन भएमा शालिकसँगै चौतारा बनाउने र त्यसमा चन्दादाताहरुको नामावली, भिसी कुलवीर थापाको संक्षिप्त जीवनी लेख्ने प्रोजेक्टको योजना छ । प्रवक्ता थापा भन्छन्, “बेलायतका सबै नेपालीले गर्व गर्ने यो योजनामा बेलायतमा रहेका सबै संघ संस्था र व्यक्तिहरु सहभागी हुन अनुरोध गर्दछु ।”
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’