बितेको एक महिना कुबेर जर्साबको लागि सम्पूर्ण जीवनभन्दा लामो महसुस भयो। स्वर्गीय हजुरबुबा दामोदर मिश्रसंग सम्बन्धित सूचना केही समाचार माध्यमबाट प्रकासित भएपछि उहाँको परिवारलाई तनाव र नैरास्यताले सताइरहेको छ । श्री ३ चन्द्र शम्शेरको शासन कालमा हजुरबुबा दामोदर मिश्र श्री ३ का विश्वास पात्र भएकाले तत्कालिन समयमा भारतमा राज गरिरहेको ईष्ट ईन्डिया कम्पनीसंग नेपालको हितमा विभिन्न विषयमा संवाद गर्नको लागी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्ने अवसर पाएका थिए।राष्ट्रको दीर्घकालिन हितमा संवाद गरी नेपाल र नेपालीको शीर उच्च पार्दै सोही उद्देश्य प्राप्तिका लागि आफ्नो ध्यान केन्द्रित गर्नुको बदला आफ्ना निहित ब्यक्तिगत स्वार्थमा लिप्त हुँदै उनले ईष्ट ईन्डिया कम्पनीको जासूसको रूपमा काम गरेका रहेछन् । यसरी मातृभूमिको छातीमा छुरा धसे बापत अकूत सम्पति जम्मा पारेर नवधनाढ्यको श्रेणीमा दर्ज भएका थिए । उनीले कल्पना गरेका थिए होलान् आफ्ना भावी पुस्तासम्मलाई अकूत सम्पति थुपारी दिएमा उनीहरूले संधै सम्झेर गुणगान गाइ रहनेछन्।
इतिहासको कोखमा डुङ्डुङ्ती गनाइरहेको यो तथ्य आफ्नो ५७ वर्षे जीवन छिचोल्दै नेपाली सेनामा ३५ वर्षको अनवरत सेवा गरी जर्नेल पदबाट निवृत्त हुन एक महिना बाँकी हुँदा समेतअनभिज्ञ थिए कुबेर जर्साब। हालसालै नेपाल र भारतको बीचमा विगत लामो समयदेखि थाँती रहिरहेको सीमा विवादको सम्बन्धमा विभिन्न विज्ञहरुसंग संचार माध्यमहरूले ऐतिहासिक तथ्यहरुको विश्लेषण गर्ने सन्दर्भमा कसरी भारतले आफ्ना निहित स्वार्थ पूरा गर्नको लागि उच्च पदमा रहेका नेपालीहरूलाई नै उपयोग गर्दा रहेछन् भन्ने तीतो यथार्थ उल्लेख गर्ने सिलसिलामा गत महिना मात्रै दामोदर मिश्रको नाम बाहिर आएको थियो।
जर्साबको बुबा बालानन्द मिश्र भारतकै विश्वविद्यालयमा अध्ययन गर्दागर्दै दुर्घटनामा परी ज्यान गुमाउनु भएको थियो। बुबाको पालामा छिट्टै विवाह गर्ने प्रचलन भएकाले उहाँको पनि विवाह भई सकेको थियो। बुबाको मृत्यु हुँदा जर्साब आमाको गर्भमा बढिरहेका थिए । बयस्क उमेरमा नै आमा लक्ष्मी मिश्र पति बियोगको पिडामा पर्नु भएकोले सासु ससुरासंगै बसी जर्साबको पालनपोषण तथा शिक्षामा आफ्नो जीवन समर्पण गर्नु भयो । तत्कालीन समयमा वयस्क उमेरमै पतिको कुनै कारणवस मृत्यु भए तापनि पत्नीले पुनः विवाहको कल्पना समेत गर्नसक्ने अवस्था थिएन।
वयस्क उमेरदेखि लामो समयसम्म आमाले हजुरबुबा र हजुरआमासंगै समय बिताउनु भएकोले आमालाई पक्कै पनि हजुरबुबाको बारेमा यथार्थ जानकारी हुनुपर्छ भन्ने अभिप्रायले जर्साब आमा लक्ष्मी मिश्रसंग कुराकानी गर्न थाल्नुभयो। आमासंगको लामो भलाकुसारीपछि जर्साबलाई एकिन भयो कि दामोदर मिश्रको बारेमा संचार माध्यममा आएको कुरा सत्य रहेछ। जन्म दिने आमा र जन्मिएको मातृभूमि समान हुन् भन्ने आदर्शबाट प्रभावित हुँदै लामो समय नेपाली सेनामा आफ्नो जीवन समर्पण गरेका जर्साबलाई मातृभूमिलाई नै बन्धक राखेर हजुरबुबाले थुपारी दिएको अकूत सम्पत्ति प्रति घृणा जाग्न थाल्यो।
जर्साबका एक छोरा र एक छोरी उच्च शिक्षा सकी आ-आफ्नो पेशा मा ब्यवसायमा छन् । छोरा विसाल विगत ५ वर्ष देखि डाक्टर भएका छन् भने छोरी विनिता एलएलएमको पढाई सकेर अधिबक्ता छिन्। श्रीमती गीता पनि ३० वर्ष राष्ट्र बैंकमा सेवा गरी ६ महिना पछि सेवा निवृत्त हुँदैछिन् । यस परिवारमा कसैलाई केही समस्या पर्यो भने के कसरी समाधान गर्ने भनेर परिवारका सबै सदस्यहरू एकठाउँमा बसी गहन छलफलपश्चात दिशानिर्देश गर्ने थिति छ। जर्साबले अनुभूति गर्नु भएको मानसिक तनावबाट कसरी छुटकारा पाउन सकिएला भन्ने उद्देश्यले सबैको छुट्टीको दिन शनिवार सांझ पारिवारिक कुराकानी गर्ने निधो भयो ।
जर्साब र आमा लक्ष्मीले हजुरबुबा दामोदर मिश्रको बारेमा सबै कुरा छोराछोरी तथा श्रीमती गीतालाई अवगत गराएपश्चात उनीहरूलाई पनि जीवनमा पहिलोपटक अत्यन्तै नरमाईलो लाग्यो । छोराछोरी झन् भौतिक विकासको युगले गगन चुम्नै लागिरहेको पुस्ताका प्रतिनिधि पात्र भएकाले आफ्नो कार्यकुशलता र क्षमताबाट आर्जित मूल्यले मात्र जीवनयापन गर्नु पर्दछ भन्ने मान्यताका अनुयायीहरु हुन् । जर्साब र गीता दुवैको जागिरे जीवनबाट भएको आम्दानीले घरब्यबहार चलाई छोरा छोरी पढाउनेबाहेक कुनै अचल सम्पत्ति जोड्न सकेका छैनन् ।
हाल बसोबास गर्दै आएको घरसमेत हजुरबुबा दामोदर मिश्रकै अनैतिक आर्जनभित्र परेकोले जर्साबको परिवारलाई यो घरमा बस्दा आत्माग्लानीको भूँमरीमा निसास्सिएर राति निन्द्रामा समेत घरको छतले थिचेको भान हुन थालेपछि पुनः पारिवारिक छलफलपश्चात हजुरबुबा दामोदर मिश्रले जम्मा पारेको सम्पूण अचल पैतृक सम्पत्ति नेपाल सरकारलाई हस्तान्तरण गर्ने निष्कर्षमा पुगे । नयाँ बासस्थानको ब्यवस्थाको लागि जर्साब र श्रीमती गीताको सेवा अवधिभर जम्मा भएको संचय कोषबाट करीब एक करोड रुपैयाँ आउँने रहेछ । छोरा र छोरीले पनि बीस/बीस लाख सहयोग गर्ने संकल्प गरे। सबैजना आफ्नो परिवारलाई उपयुक्त हुने घरको खोजीमा लागे। केही समयपश्चात घर पाइयो । सबै कानूनी प्रकृया पूरा भयो । अब यो परिवारलाई मीठो निन्द्रा लाग्नेछ र आफू बसिरहेको घरको छतले कहिले पनि थिचेको भान हुने छैन किनकी यो आफ्नै पसिनाले आर्जेको सुन्दर मन्दिर हो ।
संसारभरि सामाजिक विकृतिको रूपमा जरा गाडिरहेको अनैतिकता र भ्रष्टाचारको रोगले हाम्रो मातृभूमि नेपाल पनि अछुतो छैन । सामाजिक न्याय, नैतिक मूल्य र मान्यता सबैलाई पैताला मुनी थिचेर आफ्नै ब्यक्तिगत स्वार्थमा लिप्त हुंदै संधै मातृभूमिलाई अन्धकारमा धकेलिरहने समाजका किराहरूले कुवेर जर्साबबाट केही सकारात्मक शिक्षा लिन सकेमा मातृभूमिको चराईरहेको घाउमा केही शीतलता प्राप्त हुने थियो ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा