
काठमाडौँ । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गर्नु भएको छ ।
३० अगस्ट २०२५ मा ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै २६ वर्षीया लुइँटेल विजेताको उपाधि हात पार्नु भएको हो । उहाँलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिनुभयो ।
प्रतियोगितामा दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता, उरुषा भण्डारी ‘मिस नेपाल इन्टरनेसनल’ को ताजसहित दोस्रो उपविजेता, सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ ताजसहित तेस्रो उपविजेता हुनुभयो ।
‘द हिडन ट्रेजर’ले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा नेपालभर विभिन्न सहरमा आयोजना गरिएका ‘अडिसन’मार्फत २६ जना प्रतिस्पर्धी चयन भएको जनाइएको छ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन